arrow

जसले विश्व हल्लाए

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
afgan-balika.jpg.jpeg

जेन्सी । टर्कीको समुद्री तटमा एउटा बालकको शवले विश्व जगतलाई झस्कायो । जुन तस्वीरले कयौ वर्ष देखिको शरणार्थी संकटको बहसलाई मानवीय संवेदनामा रुपन्तरण गरिदियो ।  यस्तै केही  तस्वीरले विश्व जगतलाई हल्लाइ दिएका छन् ।

अफगान बालिका
स्टीभ मेकरीले आर्ट गरेको एउटा तस्वीर नेशनल जियोग्राफिकमा प्रकाशित भए पछि चर्चामा आयो। सन् १९८५ मा प्रकाशित  तस्वीर हेरेर यकिन हुदैन कि पाकिस्तानमा रहेकि १२ वर्षिय अफगानकी बालिका कुन हालातमा थिइन्। तर सो तस्वीर अफगानिस्तान माथि सोभियत संघको हमला र शरणार्थी संकटको प्रतीक बन्यो। शरबत गुला नाम गरेकी  बालिकाको सन् २००२ मा पुन: खोजि भएको थियो। उनले आफ्नो यो चर्चित तस्विर पहिले देखेकि थिइनन्। तस्वीरको चर्चा भए पछि मात्रै उनले यस बारे थाहा पाइन्।

काँडे बार कुल्चिएर भाग्ने सैनिक
आफ्नो ज्यान जोखिममा राखेर काँडे तार कुल्चिएर भाग्ने  सैनिक हंस कोनराड शूमनको तस्वीर पनि चर्चाको शिखरमा रह्‌यो। अगस्ट १९६२ मा बर्लिनको पर्खाल बन्नु भन्दा तीन दिन पहिले मात्रै यी सैनिक पूर्वी जर्मनबाट पश्चिमी जर्मन भागेका थिए। फोटोग्राफर पीटर लाइबिङले सो समय तस्विर कैद गर्न भ्याए। काँडे तारले काटे पछि  घाइते भएका शूमनले  पछि आत्म हत्या गरे।

धुलाम्य महिला
न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ११ सेक्टेम्बर २००१ मा भएको  आतंकवादी हमलाले भवनमा भएको क्षतिका क्रममा एक महिला धुलाम्य भइन्। भवनका विभिन्न ठाँउबाट खसेको धुलोले उनि ढाकिइन्। पछि उनको तस्वीर यति चर्चित बन्यो कि  मैर्सी बोर्डर्स आतंकवाद बिरुद्ध लड़ाईको  प्रतिक बनिन्। उनलाई डस्ट लेडी नाम दिइयो। जुन धुलोले उनको  पेटमा क्यान्सर देखियो । २६ अगष्ट २०१५ मा उनको मृत्यु भयो।

ट्यांक म्यान
५  जून १९८९, सैनिक ट्यांक अगाडि उभिएर रोक्न खोज्ने  एक व्यक्तिको तस्वीरले समेत चर्चा पायो। सो तस्विर चीनको तियानानमेन चौकमा भएको  अत्याचारको  प्रतिक हो। ४ जूनमा सोहि ठाउमा  चीनको सेनाले  प्रदर्शनकारीलाई ट्यांकले पेलेर  बर्बरता पूर्वक हत्या गरेको थियो। जेफ विडनरले ट्यांक रोक्न खोज्ने व्यक्तिको तस्वीर खिचेका थिए। ती व्यक्ति केही समय पछि गिरफ्तारीमा परेका थिए।  आज सम्म उनको अवस्था सार्वजनिक हुन सकेको छैन।

बेन ओनेजोर्गको मृत्यु
२ जून १९६७ मा प्रहरीले ईरानका राजाको राजकीय यात्राको विरोध गरिरहेका विरुद्ध बल प्रयोग गरेको थियो। प्रहरीले जर्मन छात्र बेनो ओनेजर्गलाई गोली हान्यो। उनको मृत्युले जर्मनीमा वामपन्थी आंदोलन कट्टर भएर आयो। ओनेजर्गको मृत्युको समय उनकी श्रीमती गर्भवती थिइन्।

केनेडीको  हत्या
अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीको डलासमा  हत्या भयो।  केनेडीको हत्या उनकै  सरकारी कारमा भएको थियो। सो समय अब्राहम जेप्रूडर केनेडीको  भिडियो बनाइरहेका थिए। सोहि समय राष्ट्रपतिको टाउकोमा  गोली प्रहार भयो।  जेप्रूडर  तस्वीर प्रकाशित गर्न चाहादैनथे तर सो तस्वीर सार्वजनिक भयो।  जांच र जिज्ञासाका क्रममा सो तस्वीर लाखौ पटक हेरिएको छ।

म्यूनिख नरसंहार
सन् १९७२ को ओलम्पिक खेलको क्रममा  म्यूनिखमा ईजरेली ओलम्पिक टोलिका ११ सदस्यलाई बन्धक बनाइयो। बन्धक बनाइएका ११ सदस्य को हत्या भएको थियो।  हत्या आतंकवादी प्यालेस्टाइनी संगठन ब्लेक सितम्बरले गरेको  थियो।  यो तस्वीर बालकुनी तल हेर्दै गरेको अपहरणकारीको हो।

भियतनामकी बालिका
दक्षिणी भियतनामको गाउँमा भएको नेपाम बम हमलाको एउटा दर्दनाक तस्वीर। जस्ले विश्वको ध्यान खिच्यो। जुन तस्वीरमा आफ्नो ज्यान जोगाउन भाग्दै गरेका बालबालिकाकै भिडमा एक नौ वर्षकी बालिका जल्दै गरेको कपडा झार्दै दौडिएकी छन्। अन्तत: उनि निवस्त्र भागिन्। उक्त भयपूर्ण तस्वीरमा देखिएकी बालिका अहिले क्यानाडामा सकुशल छन्। तस्वीरको गाम्भिर्यताले भियतनाम युद्धप्रति पश्चिमी जनमानसको सोचलाई बदलिदियो। सो तस्वीर खिच्ने  फोटोग्राफर निक उट सन् १९७३ मा पुलित्जर पुरस्कारबाट सम्मानित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ