arrow

निर्मला हत्या प्रकरण : कञ्चनपुरका सीडीओ र एसपीको सरुवा 

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
nirmala1.JPG

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर तनाव बढ्दै गएपछि कञ्चनपुरका  प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई काठमाडौं तानिएको छ । 

प्रहरी प्रमुख एसपी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । यस्तै, डीएसपी ज्ञानबहादुर सेठी पनि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएका छन् । 

एसपी दिल्लीराज विष्टको सरुवा नै गरिएको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको पनि सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी खड्काको ठाउँमा तारानाथ अधिकारीलाई खटाईएको छ भने, एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई जिम्मा दिईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ