arrow

ट्रम्पलाई न्यायालयको झटारो

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
trump-sessions.jpg

काठमाडौं । लगातार आलोचित बन्दै गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य त छँदैछ आन्तरिक तनावसमेत खेप्दै आएका छन् । अधिनायकवाद शैलीमा जवाफ दिने ट्रम्प गलत हर्कतका कारण पनि अप्ठेरोमा पर्छन् । 

उनले न्यायालयमाथि हस्तक्षेप बढाउने संकेत दिएपछि अमेरिकी महान्यायाधिवक्ता जेफ सेशन्सले आफूले कुनै पनि खाले राजनीतिक दबाब नस्वीकार्ने बताएका छन् । 

सेशन्सले कानुन विपरीत कसैसँग नझुक्ने प्रष्ट पारेर ट्रम्पमाथि नैतिक दवाव थोपरेका छन् । सेशन्सले भने, ‘ म न्याय विभागको प्रमुख रहुञ्जेल आफ्नो विभागले जस्तोसूकै राजनीतिक दबाबलाई पनि स्वीकार्ने छैन ।’

ट्रम्पले सेशन्सको नियन्त्रणमा कानुन विभाग नरहेको र अमेरिकी निर्वाचनमा रुसी घूसपैठ सम्बन्धी मुद्दा आफूले नहेरेर अर्को व्यक्तिलाई हेर्न दिएकोमा व्यक्तिगत स्तरको टिप्पणी गरे लगत्तै सेशन्सले जवाफ दिएका हुन् । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे न्याय विभागले जारी राखेको अनुसन्धानप्रति असन्तुष्ट ट्रम्पले न्याय विभागको आलोचना गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ