arrow

अभावग्रस्त जीन्दगी बिताउन बाध्य छन् १ लाखभन्दा बढी रोहिंग्या

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
rohingya-refugees.jpg

काठमाडौं । म्यानमारको रखाइन प्रान्तको मलिन शिविरमा १२९००० भन्दा बढी रोहिंग्या मुसलमानहरु अभावको जीवन बिताउन बाध्य छन् । उनीहरुमध्येका एक हुन् –उब्दुरहिम, जो भोजन, औषधिका साथै स्वतन्त्र घुमफिरको मैका नपाएको कारण आफ्ना चार बच्चाहरुको भविष्यलाई लिएरु उनी चिन्तित बन्न पुगेका छन् । 

बुधबार प्रान्तको राजधानी सितवे नजिकै रहेको एक फोहोरले भरिएको गल्लीमा उनीहरु जम्मा भएका थिए । उनीहरुलाई इद पर्वको अवसरमा मासु खाने मौका मिलेको थियो । 

बाहिरी विश्वसँग खासै सम्पर्कमा नरहेका उनीहरुको रिपोर्ट मिडियामा पनि खासै आउँदैन । ४६ वर्षीय उब्दुरहिमलाई आफ्नो जीन्दगीदेखि निकै डर लाग्छ । बिछोडिएको समुदाय, आफ्नो स्वतन्त्रतामाथि लगाइएको प्रतिबन्ध र राहत शिविरमा निर्भर रहेको उनको बच्चाको जीन्दगीको विषयमा सोच्दा उनलाई भविष्यको विषयमा निकै चिन्ता लाग्ने गरेको छ । उनका सबै बच्चाहरु ८ देखि १७ वर्ष उमेरको बीचका रहेका छन् । उनीहरुको जीवनको धेरैजसो समय थेट केल पाइनको शिविरमा बितेको छ । 

उनले आफ्ना बच्चाहरुले पुर्खाको कस्तो सम्झना बोकी अघि बढ्छन् भन्ने आफूलाई चिन्ता लागेको बताए । उनले भने, “उनीहरुलाई सधैं यो लाग्नेछ कि कुनै निश्चित समुदायका मानिसहरु मात्र यसरी बस्छन् ।” 

छिमेकी मुलुक बंगलादेशमा रोहिंग्याहरुको पलायनपछि भने उनीहरुको संघर्ष बढ्दै गएको छ । गत वर्षको अगष्ट महिनामा सेनाको कठोर कारबाहीको कारण भयभीत भएर करिब सात लाख रोहिंग्याहरु बंगलादेश पलायन भएका थिए । 

यस्तोमा इदको अवसरमा म्यानमार सरकारका प्रेस समुहले सो शिविरको भ्रमण गरी त्यहाँको भोजन, शिक्षा, नोकरी र मोडिकल सुविधाको नितान्त आवश्यकताहरुलाई मध्यनजर गर्दै यस सम्बन्धमा सरकारलाई सुझाव दिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ