arrow

अल्छीभन्दा कम बाँच्छन् जाँगिरलाहरु, गलत साबित हुनसक्छ डार्विनको सिद्धान्त

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
darwin.png

काठमाडौं । चार्ल्स डार्विनको ‘सर्वाइवल अफ द फिटेस्ट’ सिद्धान्तको उल्टो विषयमा अनुसन्धानकर्ताहरुले खोजी गरेका छन् । केही समुद्री जीवहरुमा गरिएको अनुसन्धानको क्रममा जीन्दगीमा धेरै ऊर्जा खर्च गर्ने जीवहरु कम ऊर्जा खर्च गर्ने जीवहरुको तुलनामा कम बाँच्ने गरेको देखिएको हो । 

यसको अर्थ धेरै काममा व्यस्त रहने प्रजातिको तुलनामा अल्छीहरु धेरै लामो जीन्दगी बाँच्ने गरेका छन् । वैज्ञानिकहरुले यो अनुसन्धानमा करिब २९९ फरक समुद्री जीवहरुलाई सामेल गरेका छन् । यसमा सबैभन्दा धेरै ऊर्जा खर्च गर्ने समुद्री जनावरहरुलाई पनि सामेल गराइएको थियो । 

अनुसन्धानमा धेरै ऊर्जा खपत गर्ने जीवहरुको मेटाबोलिज्म धेरै हुने गरेको खुलेको छ । जबकी कम ऊर्जा खपत गर्नेको मोटाबोलिज्म कम हुन्छ । मेटाबोलिज्म जति कम हुन्छ, उसको बाँच्ने क्षमता पनि त्यति बढी हुन्छ । कम ऊर्जा खपत गर्नेलाई धेरै खानभन्दा पनि ऊर्जा बचाएर राख्नु जरुरी हुन्छ । यस्तोमा कुनै मुस्किल अवस्थामा पनि उनीहरु सहजै जीवित रहनसक्छन् । 

धेरै ऊर्जा खपत गर्ने जीवलाई भने मुस्किल अवस्थामा पनि धेरै ऊर्जा हासिल गर्नु जरुरी हुन्छ र यो पूरा हुन नसकेपछि उनीहरु कमजोर भएर छिटै मर्ने गर्छन् । 

प्रोसेसिङ अफ रोयल सोसाइटीमा छापिएको अनुसन्धानको आधारमा संरक्षणकर्ताहरु अब छिटै नै कुन जीव छिटै हराउन सक्छन् भन्ने कुरा पनि थाहा पाउन सक्छन् । जलवायु परिवर्तनको कारण अहिले धेरै जीवहरुको भोजन सकिने अवस्था आउनसक्ने देखिएको छ । यस्तोमा धेरै ऊर्जा खर्च गर्ने जीवहरु लुप्त हुने खतरा देखिएको हो । 

वैज्ञानिकहरुले जमिनमा रहने प्राणीहरुको विषयमा पनि अब यस किसिमको अनुसन्धान गरिने बताएका छन् । उनीहरुले जमिनमा बस्ने जनावर र मानिसहरुमा यो नियम लागू हुन्छ वा हुँदैन भन्ने कुरा हेर्न बाँकी रहको बताएका छन् । 

यद्यपि वैज्ञानिकहरुले यो अनुसन्धानको अर्थ अल्छी मानिसहरु स्वस्थ हुन्छन् भन्ने नरहेको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ