arrow

स्टक मोरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
australian_pm.png

काठमाडौं । अष्ट्रेलियाका अर्थमन्त्री स्कट मोरिसन मुलुकको नयाँ प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री मेलकम टर्नबुलको हटाउँदै उनी प्रधानमन्त्री बन्ने भएका हुन् । पदबाट हटाइएका प्रधानमन्त्री टर्नबुलका नजिकका साथी मानिएका मौरिसन पार्टीभित्र भएको निर्वाचनमा जित हासिल गर्दै अष्ट्रेलियाको प्रधानमन्त्री बनेका हुन् । 

पार्टीभित्र भएको निर्वाचनमा उनले ४५ भोट ल्याउँदै जित हासिल गरेका हुन् । टर्नबुलको मन्त्रीामण्डलकी विदेशमन्त्री जुली बिशप पनि यो निर्वाचनको दौडमा रहेकी थिइन् तर उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । यसका साथै पूर्वगृहमन्त्री पिटर डटनको नाम पनि प्रधानमन्त्री बन्ने चर्चामा रहेको थियो । 

अष्ट्रेलियाले पछिल्लो ११ वर्षमा आफ्नो छैठौं प्रधानमन्त्रीको चयन गरेको हो । अष्ट्रेलियाली प्रधानमन्त्रीलाई लेबर पार्टीले उनको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो र आकस्मिक निर्वाचन गराउने फैसला गरेको थियो । 

संसदमा पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएपछि उनले प्रस्ताव पारित भएको खण्डमा आफूले राजनीति छाडिदिने बताएका थिए । साथै उनले आफ्नो कार्यकाल सार्थक बनेको पनि बताएका थिए । उनले सत्ताबाट बाहिरिएपछि पनि राजनीतिक गर्ने वा नगर्ने भन्ने विषयमा गरिएको प्रश्नमा आफू सत्ताबाट बाहिरिनु नै उचित रहेको बताएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ