बिम्स्टेकमा लुम्बिनी पुग्दैछन् यी दुई देशका राष्ट्रपति
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
637
Shares
बुटवल। म्यानमारका राष्ट्रपति विन मिन्त र श्रलिंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना आगामी हप्ता लुम्बिनी आउने भएका छन् ।
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागी बंगालको खाडिका राष्ट्रहरुको पहल (बिम्स्टेक) शिखर सम्मेलनमा नेपाल आउन लागेको समयमा मिन्त र सिरिसेना लुम्बिनी भ्रमणको लागी आउने भएका छन् ।
म्यानमारका राष्ट्रपति मिन्त भदौ १३ गते र श्रीलंकाका राष्ट्रिपति सिरिसेना भदौ १६ गते लुम्बिनी आउने कार्यक्रम तय भएको छ । दुबै राष्टपति तथा राष्ट्रपति श्रीमती सहित लुम्विनीमा आउने र चार÷चार घण्टा बिताउने लुम्विनी बिकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भटटराईले जानकारी दिए । दुई देशका राष्टपति आउने भएपछी लुम्विनीमा तयारी पनि सुरु गरीएको छ ।
यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन नेपाल आएको बेला लुम्बिनी आउने कार्यक्रम रहेपनि बिबिध कारण देखाउँदै मोदीको भ्रमण रद्द गरिएको थियो ।
दुबै जनाले मायादेबि मन्दिरमा पुजा गर्ने, बिहारहरुको अवलोकन गर्ने तथा लुम्विनीको बिकास निर्माण बारे जानकारी लिने कार्यक्रम तय भईसकेको छ ।
दुबै राष्टपतिहरुलाई संघिय सरकारका सस्कृतिमन्त्रि रबिन्द्र अधिकारी वा प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलमध्ये एक जनाले स्वागत गर्ने तयारी भएको लुम्विनी बिकास कोषले जनाएको छ ।
विम्स्टेक शिखर सम्मेलन यही भदौ १४ र १५ मा काठमाडौंमा आयोजना हुदैछ । विमस्टेकमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यानमार र श्रीलंका सदस्य छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्त सम्मेलनमा भाग लिन आउनेछन् ।