काठमाडौं। जिल्ला प्रशासन कास्कीले सेवाग्राहीले मर्यादित पोशाक लगाएर आउन उर्दि जारी गरेको छ।
शुक्रबार जिल्ला प्रशासनले सूचना जारी गरि सेवाग्राहीलाई मर्यादित पोशाकमा आउन भनेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको हस्ताक्षर रहेको सूचनामा सेवाग्राहीहरु कार्यलयमा सेवा लिन आउदा मर्यादित पोशाकमा आउन अनुरोध गर्दै अन्यथा कार्यलय प्रवेशमा रोक लगाइने उल्लेख छ ।
क्षेत्रीले मर्यादित पोशाकको परिभाषा दिएका छैनन I उनले मर्यादित पोशाक के हो भन्ने पनि प्रष्ट खुलाएका छैनन I
मर्यादित पोशाकको बिषयलाई बहशमा ल्याएर जिल्ला प्रशासन कार्यलय कास्कीले अनावश्यक ठाउँमा हात हालेको टिप्पणी कतिपयको छ ।
विद्यालयको पोशाक जस्तै प्रशासन कार्यलय आउन ड्रेस कोड तोक्ने कार्यले सिडिओ तजविजी अधिकार प्रयोग गर्न खोजेको पनि कतिपयले टिप्पणी गरेका छन् ।