arrow

कञ्चनपुरमा पुन: गोली चल्यो, बालकको मृत्यु

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
kanchanpur-bhatta.jpg

काठमाडौं। बालिका बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा प्रहरीले  गोली चलाएको छ । शुक्रबार प्रहरीको चलाएको गोली लागेर १४ बर्षीय बालक शनि खुनाको मृत्यु भएको छ  ।

महेन्द्रनगरको चन्दन चौकनिर पुग्दा प्रहरीको गोली लागि खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका हत्या प्रकरणमा प्रहरीको भुमिका शंकास्पद देखिएको भन्दै स्थानीयद्वारा गरिएको प्रदर्शनमाथी प्रहरीले गोली चलाएको घटनाको बिरोध गर्दै शुक्रबार दक्षिणी क्षेत्रमा पनि बिरोध प्रदर्शन र बन्द आयोजना गरिएको थियो ।

जिल्लाका दक्षिणी सिमान्त बेलडाँडी, चवन्नी, क्याम्प , र बेलौरी बजारमा सयौंको संख्यामा जम्मा भएका स्थानीय जनताले प्रदर्शन गर्दै बजार बन्द गराएका थिए । यद्यपि बेलडाडी बजार ब्यबस्थापन समितिले बिहिबार अबेर बिज्ञप्ती जारी गर्दै महेन्द्रनगरमा प्रहरीद्वारा गरिएको गोलि प्रहारको बिरोधमा बजार बन्दको आव्हान गरेको थियो ।

बजारका व्यापारी सहितको समर्थन भएपछि स्थानीय जनताहरुले शुक्रबार बिहानै देखि ठूलो संख्यामा जम्मा भएर बजारका चोकहरुमा टायर बाल्दै जुलुस सहित प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ