arrow

प्रकाण्डद्वारा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
khadga-bahadur-bishwokarma-prakanda-nekapa.jpg

काठमाडौँ । नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए  । गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ ।

यसअघि दुई पटक निवेदन दर्ता गराएका विश्वकर्मालाई छाड्ने आदेश दिइएको थियो । अदालतले भदौ १ र ७ गते दुई पटक निवेदनमाथि सुनवाइ गर्दै छाड्न आदेश दिए पनि सरकारले फेरि पक्राउ गरेको थियो ।
 
न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार मात्र विश्वकर्मालाई अदालतको रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिए पनि अदालतमा ल्याई छाडेको केही समयपछि उनलाई प्रहरीले समातेको थियो ।

विश्वकर्माको आइतबार सुनुवाइका लागि पेशी तोकिएको सहायक प्रवक्ता कालाखेतीले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ