arrow

महेन्द्रनगरमा मानवअधिकारको धज्जी उडाउदै प्रहरी, टाउको र छाती ताक्दै गोलि हान्दै

१ को मृत्यु दर्जनौ घाइते

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
kanchanpurs1.jpg

कञ्चनपुर ।  एक महिना अघि हत्या गरिएकी निर्मला पन्तका वास्तविक हत्यारालाई कारवाहीको माग राख्दै शुक्रवार महेन्द्रनगरमा गरिएको प्रदर्शनका  क्रममा प्रहरीले गोलि चलाउदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।


पश्चिम नेपालको महेन्द्रनगरमा नागरिक प्रशासन माथी दमनमा उत्रिएको प्रहरी प्रशासनले ताकि ताकी गोलि प्रहार गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शुक्रबार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि छातिमा लागेर  भिमदत्त नगरपालिका १८ भगतपुरका अन्दाजी १४ वर्षिय शनि खुनाको ज्यान गएको हाम्राकुरा डटकमका  समाचारदाता इश्वर वडुले बताएका छन् ।

शुक्रवार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि लागेर उमेश देउवा , चेतन भट्ट ,उमेश खुना , र सगुन सुवेदी गम्भीर घाइते भएका छन् । देउवाको खुट्टामा ,भट्टकोपाखुरामा , खुनाको टाउको र खुट्टामा  र सुबेदीको टाउकामा गम्भीर चोट लागेको जनाइएको छ ।

शुक्रबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु माथी प्रहरीले धरपकड र ताकी ताकी गोलि प्रहार गरे पछि दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । यति बेला महेन्द्रनगरमा प्रहरी  र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।

दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार सत्तामा आएको वर्ष दिन पुग्न नपाउदै पश्चिम नेपालको महेन्द्रनगरमा बर्बर आतंक सुरु भएको छ । शुक्रबार मार्ने उदेश्यका साथ परिचालन भएको प्रहरीले महेन्द्रनगरमा नियन्त्रणमा लिदै गोलि प्रहार र हात खुट्टा भाँच्ने गरेको प्रदर्शनका प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रदर्शनका प्रत्यक्षदर्शी दिलबहादुर सिंह भन्छन प्रहरीले ताकी ताकी गोलि हिर्कायो । अत्यन्तै बर्बरतापुर्वक प्रहरीले दमन गरेको छ ।

बिहीवार गृह मन्त्रालयले कञ्चनपुरमा नयाँ  प्रहरी प्रमुख, सिडियो पठाएकै भोलि पल्ट प्रदर्शनकारी माथी घोर दमन गरिएको छ ।
गणतान्त्रिक र कानुनी राज्य भनिएको मुलुकमा हत्यारालाई कारवाहीको माग राख्दै गरिएको प्रदर्शनमा ताकी ताकी गोलि बर्साउने काम इतिहासमै पहिलो बन्न पुगेको छ । गृह प्रशासनको बर्बरता पुर्ण पछिल्लो घटनाले पश्चिम नेपालको महेन्द्रनगर आतंकित र त्रसित बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ