arrow

रेलमार्गको ठेक्का प्रकरण : लालु यादवविरुद्ध आरोप–पत्र

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
lalu-tejashwi-yadav-1.jpg

पटना, बिहार। राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ। यादव, उनीकी पत्नी राब्री देवी तथा उनीहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो।

झारखण्ड उच्च अदालतले पूर्व रेलमन्त्री यादवद्वारा औषधी उपचार धरौटी जमानतका लागि गरेको निवेदनलाई अस्वीकार गरेको केही घण्टामा यो कदम आएको हो। उच्च अदालतले अगस्ट ३० सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ।

लालुको वकील प्रभात कुमारले एएनआईसँग भने, “मुम्बई एसियन हार्ट इन्टिच्युट (एएचआई) मा उपचाररत बिहारका पूर्व मुख्यमन्त्रीसमेत रहेका यादवलाई पहिले अस्पतालबाट फिर्ता ल्याइनेछ उनी (लालु) ले अब ‘राजेन्द्र इन्टिच्युट अफ मेडिकल साइन्सेस (आरआइएमएस)’ राँचीमा उपचार गराउनेछन्।”

यादवको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार उनलाई एएचआईमा भर्ना गरिएको थियो। उनलाई उपचारका लागि गत मे महिनामा छ हप्ताका लागि जमानत दिइएको थियो। जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो।

गत बर्ष (सन् २०१७) को जुलाईमा केन्द्रीय अनुसन्धान विभाग (सिविआई)ले लालु, उनीकी पत्नी राब्री तथा तेजस्वीलगायतका केही व्यक्तिविरुद्ध सन् २००४ देखि २००९ सम्म यादव रेलमन्त्री रहेको समयमा आफ्नो पक्षको एक नीजि होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो।

सिबिआइले उक्त समय भएका विकास, मर्मत र राँची तथा पुरीस्थित बिएनआर होटेलहरू सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोप लगाएको छ। एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ