arrow

लुम्बिनी मेडिकल कलेजको गैरकानुनी काम, विश्वविद्यालयको अनुगमनमा नक्कली बिरामी भर्ना

जीपमा रिजर्व गरि ल्याइएका नक्कली विरामी अनुगमनकर्ता गएपछि फर्काइए

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
lumbini-medicle-college.jpg

पाल्पा। लुम्बिनी मेडिकल कलेज पाल्पाले बिहीबार नक्कली बिरामी भर्ना गरेर आफ्नो अस्पतालमा बिरामीको चाप बढेको भन्ने प्रमाण देखाएको छ।

काठमाडौं विश्व विद्यालयबाट स्वीकृत प्राप्त यो कलेजले वर्षेनी हुने अनुगमनका क्रममा विश्व विद्यालयबाट आउने अनुगमनकर्ताहरुलाई समेत प्रभावमा पार्ने काम गरेको पाईएको छ।

विश्व विद्यालयबाट आएका पदाधिकारीले, अनुगमनका क्रममा अनुचित लाभ पाएको चर्चा समेत भएको छ।बुधबार र बिहिबार विरामीलाई भत्ता दिएर, जीप रिजर्व गरी ल्याई अस्पतालका वेडहरु भरिभराउ देखाइएको थियो।

बिहीबार भर्ना भएका नक्कली बिरामीलाई शुक्रबार अनुगमन टोली फर्केपछि घर–घर पठाइएको स्रोतले बताएको छ।

शुक्रबार दिउँसो भएको अस्पतालका उच्चपदस्थ व्यक्तिहरुको बैठकले, अनुगमनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै, आन्तरिक समीक्षा समेत गरेको छ। स्रोतका अनुसार, बुधबार र बिहीबार दुई दिनसम्मको विश्व विद्यालयका पदाधिकारीको अनुगमनको समिक्षा बैठकमा कतिपय विशेषज्ञ डाक्टरहरु समेत सहभागी भएका कारण शुक्रबार ओपिडीमा जाँचका लागि आएका बिरामीले धेरै समय कुर्नुपरेको थियो।

स्रोतले भन्यो, विश्व विद्यालय र सम्बन्धित कलेजबीच यस्ता कार्यको लागि माथिल्लो स्तरबाटै सेटिङ्ग मिलाउने काम हुने गर्छ।

बिहीबार भएको अनुगमनका क्रममा वास्तविक विरामी अपूग भएपछि धेरै वेड खाली थिए, तर शुक्रबार जिल्लाको पूर्व तथा पश्चिम गाउँपालिका र विभिन्न स्थानबाट जीप रिजर्व गरेर नक्कली बिरामी ल्याईएको थियो।

भर्ना बिरामीको संख्या बढी देखाउन, ओपिडीमा नियमित जाँचका लागि आएकाहरुलाई भर्ना हुनुपर्छ भनेर भर्ना गरियो, बगनासकालीका एक युवकले आफ्नो नाम गोग्य राख्ने सर्तमा भने।

एलएमसीमा जाँच गर्ने भनी स्वास्थ्य बीमा गरेका कतिपय स्वस्थ्य व्यक्तिलाई समेत भर्ना गरेर भर्ना संख्या बढाउने कार्य गैरकानुनी हो।

स्वीकृत वेडका आधारमा मापदण्ड अनुसारका विरामी भर्ना नभएपछि, अनुगमनका लागि कतिपय मेडिकल कलेजले यस्तो गैर जिम्मेवारपूर्ण कार्य गर्ने गर्छन्, भन्ने गुनासा विगतमा पनि प्रशस्त आएका हुन् ।

सो गुनासाका विषयमा एलएमसीका कम्पनी सचिव निर्दोष खनालले भने– ‘हस्पिटलले निःशुल्क बीमा गरिदिएका बिरामीहरु मध्येबाट सिफारिसमा परेका बिरामीहरुको उपचार गरिएको बताए ।’ उनले नक्कली बिरामी नभई वास्तविक बिरामीको उपचार गरिएको दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ