arrow

गगन भन्छन- 'कांग्रेस भएर होईन छोरीहरुका बाबा भएर माईतिघर जानेछु'

#JusticeForNirmala

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
gagan_Nirmala_justice.jpg

काठमाडौं । निर्मलाकालागि न्याय भन्दै नागरिक समाजले शनिवार १२ बजे माईतीघर मण्डल, काठमाडौं र हेटौंडाको बुद्ध चोकमा प्रदर्शन गर्ने भएका छन्। 

सामाजिक सञ्जालमा ह्यासट्याग #JusticeForNirmala प्रयोग गरेर चलाईएको अभियानमा धेरैले सहभागिता जनाउने बताएका छन्। कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गरिने उक्त प्रदर्शन कुनै राजनैतीक दलको नभएको पनि स्पष्ट भएको छ। 

स्वत:स्फुर्तरुपमा सामाजिक संजाल चलाउनेहरुले शुरु गरेको ह्यासट्याग अभियान प्रदर्शनमा पुगेको छ। अधीकांश प्रयोगकर्ताहरुको एउटै भनाई रहेको छ -'कुनै पनि राजनैतिक नारा र झण्डा प्रदर्शन गर्न पाईने छैन्। यो नितान्त सामाजिक अभियान हो'। 

नेपाली कांग्रेसका नेता गगन थापा पनि उक्त प्रदर्शनमा सहभागी हुने भएका छन्। उनलाई कांग्रेसको प्रतिनिधित्व त गर्नु हुन्न भन्दा उनले भने 'काग्रेस भएर हैन मेरा छोरीहरु को बाबा भएर शनिवार १२ बजे माइतीघर मण्डल जानेछु'। 

थापा सामाजिक आन्दोलनहरुमा पनि उतिनै सक्रिय र राजनीति र सामाजिक उत्तरदायित्वको मसिनो डोरी छुट्टयाउन सक्ने एक कुशल राजनीतिज्ञ हुन्। 

कञ्चनपुरमा वलात्कार पछि मारिएकी निर्मलाको हत्याराको निष्पक्ष छानविनको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले व्यापक दमन गरेको छ। प्रहीले चलाएको गोली लागि शनि खुनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ