arrow

भीमदत्तनगरमा स्थिति साम्य बनाउन सर्वदलीय छलफल

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
kanchanpur-bhatta.jpg

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ।

बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौँ प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो।

बैठकमा शान्तिपूर्ण वातावरण बनाएर निर्मला पन्त हत्याकाण्ड छानविन गर्ने लगायत अन्य सुरक्षाका विषयमा छलफल भइरहेको सुरक्षा समितिका एक सदस्यले बताए। बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन्।

आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। आन्दोलनका कारण विगत पाँच दिनयता यहाँको बजार, यातायात, शिक्षण संस्थालगायत बन्द छन्।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले पनि शुक्रबारबाट प्रारम्भिक चरणको अनुसनधान थालिसकेको छ भने जिल्लामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख कुबेर कडायतले शान्तिपूर्ण वातावरण बनाएर बालिका हत्याको अनुसन्धान गर्ने वातावरण पहल गरिरहेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ