arrow

आफू किमलाई भेट्न आतुर रहेको भन्दै ट्रम्पले रोके अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण

निशस्त्रीकरणमा प्रगति नभएको अमेरिकाको आरोप

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
trump-kim3.jpg

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लागेको  उत्तर कोरियाको भ्रमण स्थगित भएको छ ।  उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थिए ।

 तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीट अकाउण्टमार्फत गराएका थिए ।

उनले भनेका थिए — तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन किनभने निशस्त्रीकरणका पक्षमा उत्तर कोरियाले भने बमोजिमको प्रगति हुन सकेको छैन ।

अमेरिकी समाचार समिति एपीले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको जनाएको छ । उसले विदेशमन्त्रीको अर्को भ्रमण कहिले हुने भन्ने बारेमा भने केही पनि खुलाएको छैन ।

सो ट्वीटमा उनले भनेका छन्  — मैले विदेशमन्त्री पोम्पेओलाई अहिलेको अवस्थामा उत्तर कोरियाको भ्रमण नगर्नु भनेको छु किनभने हामीले अघिप्रतिबद्धता व्यक्त गरे जस्तो गरी निशस्त्रीकरणको पक्षमा खासै प्रगति गर्न सकेका छैनौँ ।

उनले विदेशमन्त्री पोम्पेओले निकट भविश्यमा नै उत्तर कोरियाको भ्रमण गर्नेपनि जानकारी दिएका छन् । त्यस भ्रमणका क्रममा आफूले उत्तर कोरियाका नेता किम जोङ उनलाई न्यानो मायाँ र सम्मानको सन्देश पठाउने बताएका छन् ।

उनले आफू पनि उत्तर कोरियाका नेता किमलाई भेटगर्न आतुर रहेको पनि बताएका छन् । भ्रमणका लागि विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया प्रस्थान गर्ने तयारीमा रहेका बेला अमेरिकाको यो निर्णय आएको छ ।

राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने भनी अघिल्लो भेटमा भएका प्रतिबद्धता बमोजिम पर्याप्त मात्रामा प्रगति भइसकेको छैनभनेको सो समाचारमा जनाइएको छ । गएको जुन महिनामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए ।

उच्चस्तरीय सम्मेलन नाम दिइएको सो भेटवार्ता सिंगापुरमा भएको हो । सिंगापुरमा भएको सो सम्मेलनमा उत्तर कोरियाले परमाणु कार्यक्रमलाई अन्त्यगरी निशस्त्रीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

त्यस यता उत्तर कोरियाबाट परमाणु खतरा नरहेको राष्ट्रपति टम्पले नै बताउदै आएका छन् । तर अहिले भने उनले उत्तर कोरियाले पर्याप्त मात्रामा काम गर्न नसकेको बताएका छन् । उत्तर कोरियाले आफ्ना परमाणु केन्द्र बन्दगर्ने र कोरियाली प्रायद्वीपलाई परमाणु मुक्त बनाउने भनी सिंगापुरमा गरेको सहमतिलाई उत्तर कोरियाले लागू  नगरेको आरोप अमेरिकाको छ ।

उत्तर कोरियाले नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र बनाउँदै गरेको अमेरिकाको आरोप छ । त्यस्तै संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो पमारणु कार्यक्रमलाई बन्द नगरेको बताएको छ । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ