arrow

बाग्मती महाजलजात्रा : कुपण्डोलदेखि चोभार सुन्दरीघाटसम्म 

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
bagmati.JPG

काठमाडौं । बाग्मती नदी महोत्सव–२०७५ अन्र्तगत महाजलजात्रा’ गरिएको छ । महाजलजात्रा गरेको १८ वर्ष पुगेको यों संस्करणमा शनिबार बाग्मती नदीमा कुपण्डोलदेखि चोभार सुन्दरीघाटसम्म विभिन्न १५ वटा र्याफ्टमा जलयात्रा गरिएको हो । 

नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजना भएको ‘महा जलजात्रा’का क्रममा बाग्मतीको जलसंग जोडिएर विभिन्न क्रियाकलाप गरिएको  संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए । 
नदी सफाई, कविता बाचन, बृक्षारोपण, संवाद तथा  र्याफ्टमा सहित  बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । 
विभिन्न सास्कृतिक जात्रा भएपनि नेपालमा जलजात्रा गर्ने संस्कार नभएकाले यो समयमा जलजात्रा किन नगर्ने भन्दै सुरु गरीएको उनले बताए । 

बाग्मती सफाइ महाअभियानको २७६औं सातामा शनिबार ‘महा जलजात्रा’ गरियो । नदी महोत्सव नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने ‘महाजलजात्रा’मा देशका विभिन्न १८ वटा नदीको जललाई बाग्मतीमा विसर्जन गरी जात्रा सुरु गरिएको हो । 

देशका प्रमुख नदीहरु महाकाली कर्णाली, मुगु, हुम्ला, भोटेकोशी, अरुण, कालीगण्डकी, मस्यांदी,  त्रिशुली लगायतका १८ नदीबाट पानी ल्याएर बाग्मतीमा विसर्जन गरिएको हो । महोत्सवको उद्घाटन वरिष्ठ वातावरण पत्रकार भैरव रिसालले गरेको समितिका अध्यक्ष आलेले जानकारी दिए । 

नेपाल सरकारका वन तथा वातावरणमन्त्री, सहरी विकासमन्त्री, ऊर्जामन्त्री, पर्यटन, खेलकुदमन्त्रीलाई पनि डाकिए पनि कार्यक्रममा बाताबरणमन्त्री शक्ति बस्नेत मात्रै सहभागि थिए । महा जलजात्रा अन्र्तगत बाग्मती नदीमा कुपण्डोलदेखि चोभार सुन्दरीघाटसम्म विभिन्न १५ वटा र्याफ्टमा जलयात्रा गरिएको अध्यक्ष आलेले बताए ।

यो यात्रा प्रतिस्पर्धा नभई बाग्मती नदीको संरक्षणका प्रयासका बारेमा छलफल गर्ने यात्रा हुने बताइएको छ । 
‘विभिन्न कर्पोरेट संस्था, शैक्षिक संस्था, मन्त्रीगण र नदी तथा पर्यावरण संरक्षणमा लागेका अभियन्ताहरुको  र्याफटमा सहभागि भएका छन । यो जात्रामा नदीभित्रै नदीकै बारेमा छलफल हुनेछ ।

विभिन्न संघसंस्थाको सहकार्यमा कुपण्डोलस्थित बाग्मती पुल नजिकै १७ वर्षदेखि मनाइँदै आएको हो । 
बाग्मती सफाइ महाअभियान, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसिएसन अफ र्याफिटिङ एजेन्सिज र हिमालयन रिभर गाइड एसोसिएसन नेपालको सहायतामा महोत्सव आयोजना गरीएको हो ।

महोत्सवमा शनिबार बिहानै ७ बजेदेखि १ घण्टा सरसफाइ महाअभियानअन्तर्गत सफाइ गरी त्यसपछि १ घण्टा औपचारिक कार्यक्रम गरिएको छ ।त्यसपछि जलजात्रा  शुरु भएको हो । कार्यक्रम स्थलमा सांगीतिक कार्यक्रम, आर्ट प्रतियोगितालगायत हुनेछन् ।

बाग्मती सफाई गर्ने जात्रा भनेपनि टपरीमा बत्ति बालेर नदीमै बिसर्जन गरीदै
७ हजार सहभागी अनुमान गरिएको महोत्सवको रात्रिकालीन समयमा १०८ बत्ती टपरीमा बालेर नदीमा बगाईने आयोजकले बताएको छ ।

महोत्सवको मुख्य उद्देश्य बाग्मती नदीलाई संरक्षण गर्दै यसलाई पुरानै अवस्थामा पुर्याउने जनाए पनि टपरीमा बत्ति बालेर हुने फोहोरलाई भने आयोजकले बेवास्था गरेको देखिन्छ । 

बाग्मती नदीलाई माछा खेल्नयोग्य, पौडी खेल्नयोग्य तथा पानी खानयोग्य बनाउने तयारीका लागि पनि सचेतना आवश्यक भएको सस्थाको बुझाइ छ ।

बाग्मती नदीको पुरातात्विक अर्थ र महत्व रहेको भन्दै उसले मृतकका लागि शुद्ध जल तर्पण र पौराणिक बाग्मतीका रूपमा बाग्मतीलाई विकास गर्नु सबैको दायित्व भएको नदी संरक्षणकर्मीहरुले अपिल गरेका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ