arrow

कञ्चनपुरमा प्रहरीले एम्वुलेन्सदेखि सवारीसाधन समेत गरे तोडफोड (भिडियो सहित)

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
ambulance.JPG

काठमाडौं। कञ्चनपुरमा प्रहरीले एम्वुलेन्सदेखि सवारीसाधन समेत तोडफोड गरेको छ। कञ्चनपुरमा जारी प्रदर्शन दवाउन प्रहरीले के सम्म ज्यादती गरेको रहेछ भन्ने एक भिडियो सार्वजनिक भएको छ।

प्रहरीले स्थानीयलाई कुटेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा एम्वुलेन्सको सिसा फोडेको र प्रहरीले मोटरसाइकलमा तोडफोड गरेको देखिन्छ ।

प्रहरीले एम्बुलेन्सदेखि सवारी तोडफोड गर्दै हिडेको घटनाले पुलिस नै गुण्डागर्दीमा उत्रिएको देखिएको छ I

एक महिना अघि हत्या गरिएकी निर्मला पन्तका वास्तविक हत्यारालाई कारवाहीको माग राख्दै शुक्रवार महेन्द्रनगरमा गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोलि लागेर एकको मृत्यु र दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए ।

पश्चिम नेपालको महेन्द्रनगरमा नागरिक प्रशासन माथी दमनमा उत्रिएको प्रहरी प्रशासनले ताकि ताकी गोलि प्रहार गरेको हो।

शुक्रबार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि छातिमा लागेर  भिमदत्त नगरपालिका १८ भगतपुरका अन्दाजी १४ वर्षिय शनि खुनाको ज्यान गएको थियो ।

शुक्रवार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि लागेर उमेश देउवा , चेतन भट्ट, उमेश खुना र सगुन सुवेदी गम्भीर घाइते भएका छन् । देउवाको खुट्टामा ,भट्टकोपाखुरामा , खुनाको टाउको र खुट्टामा  र सुबेदीको टाउकामा गम्भीर चोट लागेको  छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ