arrow

चीनको होटलमा आगलागी हुदा १९ को मृत्यु, १८ घाइते

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
china-hotel.JPG

बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १९ को मृत्यु भएको छ भने  १८ घाइते भएका छन् ।  उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् ।
 
राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११.५० सम्ममा १९ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ ।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित समाचारमा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ “घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ,” एक अधिकारीले भने ।

होटलमा हुने आगलागीका घटना चीनमा बारम्बार हुने गरेका पाइन्छ । सुरक्षा सतर्कता र मर्मतमा वेवास्ता गरेकाले यस्ता घटना धेरै हुने गरेको बताइएको छ ।

गत अप्रिलमा पनि चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको थियो भने, गत नोभेम्बरमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको थियो । सिन्ह्वा-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ