पोखरा । पोखरामा एक बालिका मृत अबस्थामा फेला परेकी छन। पोखराको बिन्ध्याबासिनि माबि कक्षा ६ मा अध्ययनरत पुष्पा केसी शुक्रबार साँझ मृत अबस्थामा फेला परेकि हुन ।
पोखरा १९ लामाचौरकी १३ बर्षीया केसी बिहिबार बिद्यालयबाट फर्कीएदेखि नै हराएकी थिइन ।बिद्यालयको बसले करिब साढे ५ बजे छाडेपछि उनी घर नपुगेपछि ,बिहिबार साँझदेखि नै परिवार र स्थानीयले उनको खोजी गरेका थिए।
उनको घर पोखरा १९ जिमिरे देखि करिब साढे दुइ किलोमिटर पर फापरतरोमा सब भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनको झोला पोखरा १९ ढाडमा घर देखि करिब एक किलोमिटर पर भेटिएको थियो भने ,स्कट पेटी फुकालएिको अबस्थामा भेटिएको थियो ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन ।
यसै बिच उनी पढ्ने बिद्यालय बिद्यध्याबासिनी माबी ले शनिबार बिज्ञप्ती जारी गरि घटनाले बिद्यालय परिवार स्तब्ध भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषि उपर कडा कारबाही गर्न माग गरेको छ ।