arrow

प्रेस युनियन पाल्पाको आठौं अधिवेशन असोज ६ मा, उद्घाटन गगन थापाले गर्ने

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ ९ शनिबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

पाल्पा । प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं जिल्ला अधिवेशन असोज ६ गते शनिबार तानसेनमा हुने भएको छ । युनियनको जिल्ला अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य, युवा नेता गगनकुमार थापा प्रमुख अतिथिको रुपमा आउँने कार्यक्रम तय भएको युनियनले जनाएको छ ।

नेपाल प्रेस युनियन पाल्पा शाखाका सभापति भरत शर्माको अध्यक्षतामा शनिबार भएको वैठकले आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्न जिल्ला सभापति भरत शर्माको संयोजकत्वमा अधिवेशन आयोजक तयारी समिति गठन गरेको छ ।

अधिवेशनका अवसरमा जिल्ला शाखाले विभिन्न पुरस्कारहरु वितरण गर्ने जनाएको छ । जसका लागि उपसमिति गठन गरिएको छ । अधिवेशनका अवसरमा वितरण हुने स्वर्गीय भगवतीध्वज राजलवटको स्मृतिमा उनका छोरा भूषणध्वज राजलवटले स्थापना गरेको पुरस्कार छनोट समितिको पूर्वसभापति झपेन्द्र गहिरेको संयोजकत्वमा पुरस्कारदाता पूर्वसभापति भूषणध्वज राजलवट र सभापति भरत शर्मा सदस्य रहेका छन ।

समाजसेवी चकोरमान शाक्यले आफ्ना पिता स्वर्गीय पूर्णमान शाक्यको स्मृतिमा स्थापित विकास पत्रकारिता पुरस्कार छनोट समितिको संयोजकतत्वमा पूर्वसभापति जगदीश भट्टराईको संयोजकत्वमा सदस्य पुरस्कारदाता चकोरमान शाक्य र भरत शर्मा  सदस्य रहेको समिति निर्माण गरेको छ ।

समाजसेवी गंगाराम नेपालले स्व. पिता तिलकराम नेपालको सम्झनामा स्थापना गरेको  पत्रकारिता पुरस्कार छनोट समितिमा पूर्वसभापति प्रकाश नेपाल संयोजकत्वमा पुरस्कारदाता गंगाराम नेपाल र भरत शर्मा सदस्य रहेका छन् । महिला नेतृ मीना पन्थीको सहयोगमा स्थापित पत्रकारिता पुरस्कार छनोट समितिमा प्रेस युनियनकी केन्द्रीय पार्षद् मन गहिरेको संयोजकत्वमा पुरस्कारदाता मीना पन्थी र भरत शर्मा रहेको युनियनले जनाएको छ  ।

युवा समाजसेवी उदय घिमिरेले आफ्ना दाजु नेपाल प्रेस युनियनका पूर्वउपसभापति स्वर्गीय लक्ष्मण घिमिरेको स्मृतिमा स्थापित पुरस्कार छनौट समितिको संयोजकत्वमा केन्दीय सदस्य माधव अर्यालको संयोजकत्वमा पुरस्कारदाता उदय घिमिरे र प्रेस युनियन जिल्ला सचिव मुक्तिप्रसाद न्यौपाने सदस्य रहेको उपसमिति गठन भएको छ ।

समाजसेवी तथा व्यापारी रामप्रसाद श्रेष्ठले स्व. पिता मानबहादुर श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कार छनोट समितिको संयोजकमा मुक्तिप्रसाद न्यौपाने र सदस्यहरुमा पुरस्कारदाता रामप्रसाद श्रेष्ठ र झपेन्द्र गहिरे सदस्य रहेको छनौट समिति गठन गरेको छ । उद्योगी तथा निर्माण व्यवसायी सुरेशमान कर्माचार्यले स्थापना गरेको पत्रकारिता पुरस्कारको छनोट समितिको संयोजकमा प्रेस युनियन जिल्ला उपसभापति कविराज नेपाल पुरस्कारदाता सुरेशमान कर्माचार्य र युनियनकी सहसचिव सीता पाण्डे सदस्य रहेको उपसमिति गठन गरेको छ । अधिवेशनका अवसरमा साहित्यकार तथा पूर्वपत्रकार वनमाली निराकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।

अधिवेशन सम्पन्न गर्न सभापति भरत शर्माको संयोजकत्वमा आर्थिक, कार्य समिति सदस्य अनिल लिगलको संयोजकत्वमा मंच व्यवस्थापन, केन्द्रीय पार्षद मन गहिरेको संयोजकत्वमा अतिथि सत्कार, सदस्य विष्णु खनालको संयोजकत्वमा जलपान, सदस्य दिपक पोखरेलको संयोजकत्वमा निमन्त्रणा कार्ड, सदस्य पुष्करराज रेग्मीको संयोजकत्मा सम्मान तथा पुरस्कार प्रमाणपत्र, कानुन व्यवसायी अधिवक्ता शिवप्रसाद देवकोटाको संयोजकत्मा उपसमिति गठन गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ