arrow

निर्मला र सोनुको पक्षमा न्याय माग्दै नेविसंघद्वारा राजधानीमा प्रदर्शन

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
nsu-pradarsan.jpg

काठमाडौं ।  बलात्कारपछि हत्या गरिएकि निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोलि लागि मृत्यु भएका सोनु खुनाको पक्षमा न्याय माग्दै नेविसंघद्वारा राजधानीमा प्रदर्शन गरेको छ ।  

पन्तका परिवार र खुना परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै नेविसंघले घटनाको सत्यतथ्य र यथार्थ छानबिनमा भैइरहेको ढिलाई र सरकारी वेवास्ताप्रती आक्रोस जनाएको छ ।

नेविसंघका विधार्थिहरुले राजधानीको रत्न राज्यलक्ष्मी  क्याम्पस अगाडी विरोध प्रदर्शन गर्दै पदमोदय मोड, पुतलीसडक, वाल्मीकि क्याम्पस परिसर परिक्रमा गरि आरआर क्याम्पस अगाडी कोणसभा गरि वर्तमान सरकारको नालायकिपनका विरुद प्रदर्शन गरिएको नेविसंघ आर आर इकाई समितिले जनाएको छ ।

सो कार्यक्रमलाई नेविसंघका सह महामन्त्री अच्युत कलौनी, केन्द्रिय सदस्य तारक केसी, जन प्रशासन क्याम्पस स्ववियु सभापति पन्कज सुवेदी लगायतले सम्बोधन गर्दै सरकार घटनाको यथासक्य सत्यतथ्य सार्वजनिक गर्न र वास्तविक दोषिलाई कार्वाही गर्नुको साटो घटनाको वास्तविकता ढाकछोप गर्न र तोडमरोड गर्न उद्दत रहेको आरोप लगाए ।

नेविसंघका केन्द्रिय सदस्य तारक केसीले वर्तमान सरकारमा अराजकता र  शाहिकालिन भुत सवार भएको आभास भएको बताए। आक्रोसित विधार्थिहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ