निर्मलालाई न्याय दिन ढिलाइ गरेकोमा प्रधानमन्त्री ओलीको काठमाडौंमा पुत्ला दहन
नेविसंघले निकाल्यो प्रधानमन्त्रीको साङ्केतिक शव यात्रा
प्रकाशित २०७५ भदौ ९ शनिबार
430
Shares
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई न्याय दिन ढिलाइ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाडौंमा पुत्ला दहन भएको छ । नेपाल विद्यार्थी संघका बिद्यार्थीहरुले प्रधानमन्त्री ओलीको साङ्केतिक शव यात्रा निकाल्दै पुत्ला दहन गरेको हो ।
विद्यार्थीहरुले प्रहरीको गोलि लागि मृत्यु भएका सोनु खुनालाई समेत न्याय हुनुपर्ने तथा खुना परिवारलाई तत्काल राहत र क्षतिपूर्ति समेत माग गर्दै प्रदर्शन गरिएको नेविसंघका महामन्त्री कुन्दन काफ्लेले बताए ।
घटनाको सत्यतथ्य र यथार्थ छानबिनमा भैइरहेको ढिलाई र सरकारी वेवास्ताप्रती काफ्लेले आक्रोस पोखे ।
नेविसंघका विद्यार्थीहरुले प्रदर्शनी मार्गमा शंख बजाएर साङ्केतिक शवयात्रा निकालि प्रदर्शन गरेको नेविसंघका नेता निरञ्जन थापाले जनाए ।
सरकार घटनाको यथासक्य सत्यतथ्य सार्वजनिक गर्न र वास्तविक दोषिलाई कार्वाही गर्न उनिहरुले दवाव दिएका छन् ।