arrow

आफ्ना छोरी सम्झदै निर्मलाको न्यायका लागि गगन, रवि, नवराज लगायत को-को पुगे माइतीघर ?

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
gagan-rabi.jpg

काठमाडौं । निर्मलाका लागि न्याय भन्दै नागरिक समाजले शनिवार १२ बजे माईतीघर मण्डलमा प्रदर्शन गरेको छ।  निमर्लाको लागि न्याय माग्दै नागरिकहरु माइतीघर मण्डला पुगेका हुन् । उनिहरु माइतीघरमा भेला भइ बानेश्वरसम्म पुगेका थिए ।

शान्तीपूर्ण र्‍याली तथा प्रदर्शनमा विभिन्न राजनीतिक दलका व्यक्ति, अधिकारकर्मी, चिकित्सक, अवकास प्राप्त कर्मचारी, विद्यार्थी, संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो। सहभागीले निर्मलाको न्यायका लागि बिभिन्न प्ले कार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनमा कलाकारहरुले बलात्कार सम्बन्धि विभिन्न नाटक समेत प्रस्तुत गरेका थिए।

काँग्रेस नेता गगन थापाले आफू आफ्ना छोरीहरुका लागि माइतीघर मण्डला जाने बताएर ट्विट मात्र गरेनन् प्रदर्शनमा सक्रिय सहभागी समेत भए। उनी आफू काँग्रेस बनेर नभइ दुई छोरीको पिता भएका आधारमा माइतीघरमा निर्मलाको न्यायको लागि आएको बताए।

थापासँगै चर्चित टेलिभिजन पर्सनालिटी रवि लामिछाने, चर्चित युवा कवि नवराज पराजुली, अभियान्ता शशी विक्रम कार्की समेत प्रदर्शनमा सहभागी थिए। उनिहरु सहित स्वतस्फुर्त रुपमा आएका नागरिकहरुको प्रदर्शनमा सक्रिय सहभागीता थियो।

सहभागीहरुले बलात्कारी जोगाउन गोलीतन्त्र सुरु भएको र गोलीतन्त्र जोगाउन ओलीतन्त्र सुरु भएका जसता प्लेकार्ड प्रदर्शन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ