arrow

लालबकैया नदीमा डुंगा डुब्दा ३५ जना बेपत्ता

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
lalbakaiya.JPG

रौतहट । लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा ३५ जना बेपत्ता भएका छन् । डुंगा चढेका ५ जनाले भने पौडिएर ज्यान जोगाएको रौतहट प्रहरीले जनाएको छ । रौतहट सदरमुका गौरको पश्चिमा पर्ने बन्जरा क्षेत्रमा डुंगा दुर्घटना भएको हो । 

दिउँसो घाँस दाउरा गर्न गएका स्थानीय बेलुकी फर्कने क्रममा डुंगा डुबेको हो । साँझ ७ बजेतिर डुंगा लालबकैयमा डुबेको हो । उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको रौतहट प्रहरीले जनाएको छ । घटनाकाे थप जानकारी लिन प्रहरी निरीक्षक अाेम प्रकाश यादवकाे नेतृत्वमा टाेलि खटिएकाे छ । डु‌ंगा डुबेकाेबारे फरक‍-फरक विवरण अाइरहेकाे प्रहरीले जानकारी  दिएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ