arrow

इमर्जेन्सीमै डाक्टर नहुँदा उपचारका लागि ल्याइएका ३ महिने शिशुको गयो ज्यान

अस्पतालमा भक्कानिदै गरेका अवस्थामा भेटिए छोरा गुमाएका तेली

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ भदौ ९ शनिबार
teli-son.jpg

कपिलवस्तु ।  तौलिहवा अस्पतालको चरम लापरवाहीले  ३ महिने वालकको निधन भएको छ ।  यशोधरा गाउपालिका– ७ सुल्तनवापुरका दल बहादुर तेलीका ३ महिने छोराको मुत्यु भएपछि आफन्तले यस्तो आरोप लगाएका हुन् ।

सामान्य ज्वरो र पखाला लागेपछि शनिवार  १२  बजेतिर तौलिहवमा अस्पतालमा तेलीले छोरालाई उपचारकालागि ल्याएका थिए । बिरामी छोराको उपचारका लागि आकस्मिक कक्षमा पुगेका उनले त्यहा कोही पनि चिकित्सक तथा स्वास्थ्यकर्मी नभेटेको बताए । उपचार नपाउदा ल्याएको २० मिनेटमा बालकको ज्यान गएको थियो ।

‘ ईमेरजेन्सीमा स्वास्वास्थ्यकर्मीलाई खोज्दा त्यहा  कोही थिएनन ’ छोराको मृत्यु पछि भक्कानिदै गरेका तेलीले भने ‘ छोराको मत्युमा स्वास्थकर्मिको लापरवाही छ । ’ बालक ३ महिना अघि घरमै जन्मेका थिए । मृतक बालकका बुवा तेलीका अनुसार आकस्मिक कक्षमा एक घन्टासम्म कोही स्वास्थ्यर्मी थिएनन भने खोज्दा समेत  भेटिएनन् ।

 आकस्मिक कक्षामा रहेका दुइ तीन जना मोबाईल खेलाई रहेका र त्यहा हेअ, अहेब, डाक्टर कोही नभेटिएको उनले गुनासो गरे । लापरबाही गर्ने स्वास्थ्यकर्मीमाथी कारबाही हुनु पर्ने उनले माग गरे । आकस्मिक कक्षमा रहेका डिउटी चार्ट अनुसार त्यस बेला अहेब प्रबीण मिश्रको काममा हुनुपर्ने थियो । उनी काम बिशेषले बाहिर जानुपर्ने भएकाले अर्का अहेब बृजेश पाण्डेयलाई जिम्मा लगाएर गएका थिए । अहेब पाण्डेयले उचारकालागि बालकलाई ल्याइदा त्यस बेला आफु त्यहा नरहेको स्विकार गरेका छन ।

‘ फोनबाट जानकारी आए पछि त्यहा तुरुन्त पुगेको थिए तर बालकको मृत्यु भईसकेको थियो ’ उनले भने । शनिवार आकस्मिक कक्षको बिरामीलाई हेर्ने डाक्टर कात्यानी पाण्डेयको डियुटी थियो । उनले आफुलाई जानकारी आएको केही बेरमै आकस्मिक कक्षमा पुगेका दाबी गरिन् ।

घटनाबारे थाहा पाएर अस्पताल संचारकर्मी पुग्दा डाक्टर पाण्डेय त्यहा पुगेकी थिईनन । घटनामा आकस्मिक कक्षको स्वास्थ्यकर्मी लापरबाही रहेको अस्पतालमा उपचार गराउन आएका बिरामीहरुले बताए ।

 जिल्ला अस्पतालमा अहिले बिरामीको उपचारमा ढिलासुस्ती र लापरबाही हुने गरको जन गुनासो बढन थालेको छ । अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले घटनाबारे आफुलाई जानकारी आएको बताए । उनले घटनाको अध्ययन गरी स्वास्थ्यकर्मीको लापरवाही देखिए कारबाही गर्ने बताए । ‘डिउटीमा रहेका स्वास्थ्यकर्मीसंग सोधपुछ गर्छु, लापरबाही देखिए कारबाही गुर्छ ’ ।

उता कपिलवस्नु नगरपालिकाका मेयर तथा अस्पताल विकास समितिका अध्यक्ष किरण सिंहले घटना दुखद भएको बताए । स्वास्थ्यकर्मीको लापरवाही देखिए छानबिन गरी कारबाही गरिने उनले बताए ।

 २ महिना अघि पनि अस्पतालका स्वास्थ्यकर्मीको लापरवाहीको कारण तौलिहवा एक जना शिसुको मुत्यु भएको भन्दै अस्पतालका स्वस्थ्यकर्मीलाई कारवाहीको माग भएको थियो ।

पटक पटक हुने  यस्ता घटना नियन्त्रण गर्न स्थानीय युवा नेता तथा जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेले अस्पताल प्रशासन तथा सरोकारवालासंग माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ