arrow

मुसलमान महिलाद्वारा मोदीलाई राखी उपहार, भन्छन् : 'हाम्रो ठूलो दाजु हो'

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
muslim-rakhi-modi-2018.jpeg

वाराणासी, भारत। मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन्।

मुसलमान महिला फाउण्डेसनकी सदस्य नाजिमा अन्सारीले भनिन्, “बनारसमा बसोबास गर्ने हाम्रो फाउण्डेसनमा आवद्ध मुसलमान महिलाहरूले पहिलोपटक सन् २०१३ मा प्रधानमन्त्री मोदीलाई राखी पठाएका थियौँ। त्यसपछि यसलाई निरन्तरता दिँदै आएका छौँ।”

फाउण्डेसनमा आवद्ध महिलाहरूल भने, “उहाँ (प्रधानमन्त्री नरेन्द्र मोदीजी)लाई आफ्नो ठूलो दाजु तथा पिताजस्तै संरक्षकका रूपमा सम्मान गर्छौँ। हरेक बर्षजस्तै यसबर्ष पनि उहाँलाई राखी पठाइने छ। हामीलाई विश्वास छ उहाँले हामीलाई निरन्तर संरक्षकत्व दिइरहनुहुनेछ र आवश्यकता परेको समय सहयोग गर्नुहुनेछ।”

अन्सारीको भनाइलाई पछ्याउँदै फाउण्डेसनकी अर्की सदस्य शबाना फतिमाले भनिन्, “हामीले हाम्रो घर र समाजमा भोग्नुपरेको अत्याचारविरुद्ध प्रधानमन्त्री मोदीको सहयोग खोजेका छौँ। हामी आशा गर्छौँ उहाँले हामीलाई त्रिपल तलाकजस्ता कुप्रथाबाट मुक्ति दिलाउनुहुनेछ।” एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ