arrow

एसपी विष्टलाई निलम्बन गर्न गृहमन्त्री वादलको निर्देशन 

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
badal1.JPG

काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एवं एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा शनिबार बसेको बैठकबीच मन्त्री थापाले कञ्चनपुर घटनाको अनुसन्धान प्रक्रिया पूरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् । 

यस्तै, मन्त्री थापाले डीएसपी सेटी र मुद्दा फाँटका एकेन्द्र खड्कालाई हेडक्वाटर बोलाएर घटनाबारे सबै कुरा सोध्न भनेका छन् । 
१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर भीमदत्तनगरमा आन्दोलन भईरहेको छ । शनिबार निषेधाज्ञाका कारण भीमदत्तनगरमा सुनसान भएपनि भासीमा भने प्रदर्शन भयो ।

यता, कैलालीमा पनि प्रदर्शन भएको छ । कञ्चनपुरमा आन्दोलन चर्किँदा एसपी विष्ट त्यहीँ थिए । उनले अनुसन्धान नै प्रभावित बनाएको र वास्तविक दोषीलाई लुकाउन भूमिका खेलेको भन्दै स्थानीयले उनको सरुवा मागेका थिए । उनीमाथि संकास्पद थुप्रै विवरण खुलेसँगै काठमाडौं झिकाईए । 

आन्दोलन नथामिएपछि गृह मन्त्रालयले उनीसँगै प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिदियो । नयाँ प्रमुख जिल्ला अधिकारी पठाईएपछि पनि आन्दोलन साम्य भएन । प्रहरीले गोली चलायो । एक जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ