arrow

मेक्सिकोसँग छिट्टै व्यापार सम्झौता हुन्छ : ट्रम्प

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्।

मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ, राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत उल्लेख गरेका छन्।

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौताका लागि दुबै पक्षका वार्ताकारहरूले कुराकानी गरिरहेको सम्भवतः सप्तान्तसँगै उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता पुनर्संरचनासहित नवीकरण हुनेछ।

“पूरानो तथा नयाँ सरकारमा रहेका केही साच्चै असल व्यक्तिहरू र अन्य सबैले सँगै रहेर काम गरिरहेका छन्। मेक्सिकोसँगको विशाल व्यापार सम्झौता छिट्टै हुनेछ।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ