पाँचथर । पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा धेरै भेडाबाख्राले आँखा देख्न छोडेका छन् ।
शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नाँनी धमिलो हुँदै गएर पुरै आखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ ४ महभिरका टेकबहादुर गुरुङ, फालेलुङ २ जिमाहाका शुखवहादुर राई र फालेलुङ ३ का मनप्रसाद केरुङले फालेलुङ ४ बिखेमा सामुहिक रुपमा पालेका १ सय ३५ भेडा बिरामी परेका छन् ।
यसरी बिरामी परेका भेडाले करिब एकसातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोकिएर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडी गोठ सञ्चालक मनप्रसाद केरुङले बताए ।
यसैगरी फालेलुङ ६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्कामा सर्ने यो समस्या सर्वप्रथम साउन २८ गते बिखेस्थित भेडी गोठमा देखिएको थियो ।
ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केहि हदसम्म न्युनिकरण भएपनि पूर्ण रुपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाको भनाई छ ।