arrow

बिमस्टेकको गोकर्ण बैठक स्थगित !

बिमस्टेक सुरु नहुँदै दाँतमा ढुंगा

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
gokarna-resort.jpg

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारी पूरा भएको सरकारले जनाइरहँदा सरकारको आलोकाचो काम छरपस्ट भएको छ । 

बिमस्टेक बैठकको निर्णय लामो समय अगाडिदेखि भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारको काम गर्ने शैलीका कारण समयमा तयारी पूरा हुन नसकेको हो । 

काठमाडौंका सडकहरु टालेको देख्दा र सरसफाइमा ध्यान दिएको देख्दा पनि शिखर सम्मेलनको तयारी पूरा नभएको जनाउँछ ।

सरकारका लागि यो विषय नौलो थिएन । तयारी तीव्र हुनुपर्दथ्यो । यो सरकारलाई काम गर्न रोकावट थिएन । 

बिमस्टेकको कार्यक्रम विभिन्न होटलमा गर्ने क्रममा गोकर्ण रिसोर्टमा पनि एउटा कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा आएर स्थगित भएको स्रोतले जनाएको छ। 

बौद्ध जोरपाटीको बाटो बनाउने क्रम पनि जारी छ । यही सडक नबनेका कारण गोकर्ण बैठक स्थगित भएको बताइएको छ । 

बर्खामासमा बाटो बनाउँदा गुणस्तर कस्तो हुन्छ भन्ने सबैलाई थाहा छ । तर सरकारले समय यही रोज्यो । र पनि सकेन पूरा गर्न । 

गोकर्णमै बैठक गर्नुपर्ने ओलीको साइनो के छ ?  
ओलीको गोकर्ण रिसोर्टसंग अभूतपूर्व साइनो छ । नेकपा सरकारमा हुँदा वा नहुँदा नेकपाका अधिकांश कार्यक्रम गोकर्णमै हुने गरेका छन् । तत्कालीन नेकपा एमालेले गोप्य बैठकदेखि उच्चस्तरीय बैठक गर्न गोकर्ण रोज्ने गरेको थियो।  

सोही क्रममा गोकर्ण अन्तर्राष्ट्रियकरण गर्न मद्धत पुग्दै आएको छ। विदेशबाट आउने पाहुनालाई एमालेले गोकर्णमै सत्कार गर्ने गरेको थियो । 

गोकर्ण रिसोर्टमा नेकपा निकट विभिन्न घरानियाको संलग्नता रहेकाले ओलीले सहयोग पाउनुका साथै प्रचारप्रसार हुने देखिएकाले योगदान दिएको देखिँदै आएको छ ।

बैकल्पिक मार्ग पनि छ 
सरकारले अझै गोकर्णको कार्यक्रम स्थगित भएको आधिकारिक जानकारी गराएको छैन । बैकल्पिक बाटो पनि देखाइएको छ । सुरक्षाविज्ञहरुले बौद्ध जोरपाटीको बाटो सुरक्षाका दृष्टिले कमजोर भएका कारण यो बाटो प्रयोग नगर्न आग्रह गर्दै आएका छन् । 

उनीहरुले दिएको बैकल्पिक बाटो भनेको बिमस्टेकका अतिथि बस्ने होटल सोल्टीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म गाडीमा जाने र त्यहाँबाट हेलिकोप्टरको प्रयोगले गोकर्ण रिसोर्ट पुग्ने । 

यो विकल्प खर्चिलो देखिएको छ । र पनि यसलाई बैकल्पिकमा राखिएको छ । यो स्थगित भएको बारे जनाइएको छैन । 

बिमस्टेक सुरु नहुँदै दाँतमा ढुंगा
ओली प्रधानमन्त्री भएपछि विशेष प्राथमिकता दिएर बिमस्टेकलाई आयोजना गर्ने जनाए पनि गोकर्णमा कार्यक्रम नहुँदा उनको तयारी कस्तो रहेछ भन्ने देखिएको छ। 

भारतले समेत सुरक्षाको दृष्टिकोणले गोकर्णमा कार्यक्रम नगर्न आग्रह गरेपछि गोकर्णको कार्यक्रम स्थगित गरिएको हो । 

भारतमात्र हैन म्यानमार र श्रीलंकाले पनि सुरक्षाको चासो देखाएपछि गोकर्ण रिसोर्टको कार्यक्रम स्थगित भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ