arrow

पाकिस्तानी सरकारी अधिकारीलाई पहिलो दर्जाको विमान प्रयोग गर्न रोक

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
imran_khan.png

एजेन्सी। पाकिस्तानको नयाँ सरकारले राष्ट्रपति र प्रधानमन्त्रीसहितका सरकारी अधिकारीहरु तथा नेताहरुलाई आफ्नो मनलाग्दो खर्च गर्न र पहिलो दर्जाको विमान प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

खर्चमा नियन्त्रणका लागि पाकिस्तानको सरकारले यस्तो निर्णय गरेको हो । पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय भएको बताए । पाकिस्तानी सञ्चारमन्त्रीका अनुसार सरकारले अहिले गरेको निर्णयसँगै अब राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका सभामुख र मुख्यमन्त्रीहरुलाई पहिलो दर्जाको विमान प्रयोगको अनुमति रहने छैन । 

त्यसका साथै उनीहरुलाई आफ्नो मन लागेको क्षेत्रमा खर्च गर्न पाउने नियममा पनि रोक लगाइएको छ । पूर्व प्रधानमन्त्री नवाज सरिफले एक वर्षमा ५१ अर्ब पाकिस्तानी रुपैयाँबराबरको थप खर्च गरेका गर्ने गरेका थिए । सो खर्च बचाउनका लागि प्रधानमन्त्री इमरान खानले यस किसिमको योजना अघि सारेका हुन् । 

आम निर्वाचनमा जित हासिल गरेसँगै इमरान खानले विलासी प्रधानमन्त्री आवास प्रयोग नगर्ने बताएका थिए । साथै उनले केवल दुई मात्र सेवक राख्ने निर्णय गरेका थिए । पछिल्लो समय पाकिस्तानको आर्थिक क्षेत्र केही कमजोर अवस्थामा रहेकोले प्रधानमन्त्रीले खर्चमा कटौती गर्ने निर्णय गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ