arrow

निर्मला हत्या प्रकरण : भीमदत्तनगरमा पुनः लाग्यो कर्फ्यू

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
kanchanpur-banda.jpg

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार  पुनः कर्फ्यू लगाइएको छ ।  भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आइतबार बिहान १० बजेपछि पुनः कर्फ्यू लगाइएको हो ।

 भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ