arrow

श्रीलंकाको युद्ध प्रभावित क्षेत्रमा चीनको नजर 

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
china-sri-lanka.jpg

काठमाडौं । चीन श्रीलंकाको उत्तरी क्षेत्रमा पुनर्निर्माणको योजनाबाट आफ्नो प्रभाव विस्तार गर्ने दिशामा अघि बढिरहेको छ । चीनले श्रीलंकामा लामो समय चलेको गृहयुद्धबाट प्रभावित रहेको स्थानमा घर तथा सडक निर्माणको योजनामा अघि सारेको हो । 

पछिल्लो समय चीनको प्रभाव श्रीलंकामा अत्यधिक मात्रामा बढेको छ । भारतलाई चुनौती दिनु पनि चीनको यो योजनाको एक उद्देश्य हुनसक्ने बताइएको छ । अहिले भारत पनि सोही क्षेत्रमा हाउजिङको प्रोजेक्टमा अघि  बढिरहेको छ । 

हिन्द महासागर क्षेत्रमा रहेको यो मुलुकमा चीनका केही ठुला आयोजनाहरुको विषयमा विवाद आइरहेको अवस्थामा उसले यस्तो योजना ल्याएको हो । श्रीलंकामा सन् २००९ मा टामिल र सरकारसँगको गृह सकिएको थियो । २६ वर्षसम्म जारी रहेको सो युद्धको कारण क्षति पुगेको पूर्वी तथा उत्तरी श्रीलंकाको पुनर्निमाणमा चीनले चासो दिएको हो । 

चिनियाँ अधिकारीकाअनुसार श्रीलंकाको पुनर्निर्माणको कार्यक्रम चुस्त बनाउनका लागि चीनले चासो व्यक्त गरेको हो । गत अप्रिल महिनामा चीनको सरकारी कम्पनी चाइना रेलवे बेइजिङ ग्रुप कम्पनीले श्रीलंकाको जाफना जिल्लामा ४० हजार घरहरु निर्माणको लागि ३० करोडभन्दा ठुलो योजना हासिल गरेको थियो । यद्यपि यस विषयमा फरक किसिमको माग भएपछि अहिले भने भारतीय कम्पनीहरुसँग यो योजनाको विषयमा छलफल भइरहेको बताइएको छ । 

भारतले यसअघि पुनर्निर्माणको योजनामा उत्तरी श्रीलंकामा ४४ हजार घरहरु बनाइसकेको छ । श्रीलंकामा भारतीय प्रभाव कमजोर बन्दै गएको अवस्थामा उसले पनि आफ्नो बलियो प्रभावका लागि प्रयास गरिरहेको छ । चीनको प्रभाव श्रीलंकामा अत्यधिक मात्रामा बढेसँगै भारत चीनसँग सशंकित देखिएको छ । 

यद्यपि चीनले पछिल्लो समय श्रीलंकाका भवन, बन्दरगाह, पावर प्लान्ट र राजमार्ग निर्माणको योजनामा पनि काम गरिरहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ