arrow

जनै फेर्न गएका बालक खोलाले बगाएर बेपत्ता

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ भदौ १० आइतबार
water-kill.jpg

पाँचथर । जनै पूर्णिमाको अवसरमा बुवासँग जनै फेर्न हेवाखोला गएका एक बालक आइतबार खोलाले बगाएर बेपत्ता भएका छन् ।

 बेपत्ता हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिकाको सुभाङ घर भई फिदिम १ स्थित गणतन्त्र चोकमा इलेक्ट्रोनिक्स पसल संचालन गर्दे आएका राजेन्द्र उप्रेतीका  ८ वर्षिय छोरा डेनिश उप्रेती रहेका छन् । साथीहरुसँग नुहाउने क्रममा डेनिश चिप्लेर खोलामा पसेका थिए ।

उनको स्थानीयवासी र प्रहरीले खोजी गरेपनि अहिलेसम्म भेट्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

डेनिश फिदिम १ स्थित नयाँ नमूना माविका कक्षा १ मा अध्ययनरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ