arrow

बालविवाह अन्त्यको लागि बालिका बिमा कार्यक्रम

logo
आचार्य प्रदीप 
प्रकाशित २०७५ भदौ ११ सोमबार
bal-bibaha.jpg

बुटवल । बालविवाह अन्त्यको लागि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा बालिका बिमा अभियान सुरु गरिएको छ । गैंडवहा गाउँपालिका वडा नं. ६ सूर्यपुरा माविमा रक्षा बन्धनको अवसर पारेर बालिका बिमा अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिएका छन् । 

छोरीलाई अनिवार्य शिक्षा र बाल विवाह अन्त्यका लागि  सबै एकजुट हुनु पर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । साउनबाट गैडहवा गाउँपालिकामा जन्महुने हरेक बालिकाको बिमा गाउँपालिकाले गर्ने अध्यक्ष केबटले बताए । वालविवाह अन्त्य गर्नको लागि गाउँपालिकाले अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।  

गाउँपालिकाले २० हजार र अभिभावकको ५ हजार गरी २५ हजारको बैंकमा खाता खोलेर मुद्धतीमा जम्मा गरिने र उक्त रकम २० वर्ष भएपछि छोरीलाई हुने केबटले बताए । 

यो अभियानले गाउँपालिकामा महिला हिंसा कम हुने र वालविवाह नहुने विश्वास ब्यक्त गरे । पहिले भन्दा गाउँमा बालविवाह कम हुने गरेको अध्यक्ष केबटले बताउँदै महिला हिंसाको अन्त्य र बाल विवाह अन्त्यको लागि गाउँपालिका लागि पर्ने उनले बताए ।

गाउँपालिका वडा नंं. ६ का वडा अध्यक्ष रामविलास यादबले गाउँपालिकाले सुरु गरेको बालिका बिमा अभियानमा सबैको साथ र सहयोग हुनु पर्ने बताए ।यो अभियानले गाउँमा वालविवाह अन्त्य हुने उनले विश्वास ब्यक्त गरे । 

वडा सदस्य संगितादेवि हरिजन, प्रेमिला चौधरी, प्रशावटी हरिजनले बोल्दै वालविवाह अन्त्यको लागि सबैले प्रतिबद्धता जनाउन सक्नुपर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ