arrow

विदेशमन्त्रीको भ्रमण रद्द हुनु अमेरिकाको दोहोरो चाल र षडयन्त्र : उत्तर कोरिया

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
trump-kim3.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो भ्रमण रद्द गर्ने निर्णय गरेसँगै उत्तर कोरियाले यो अमेरिकाको षडयन्त्र रहेको बताएको छ । 

उत्तर कोरियन नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा गत जुन १२ मा भएको भेट भएको थियो तर त्यसयता पनि अवस्थामा सुधार आउन सकेको भने छैन । अमेरिकी विदेशमन्त्री पोम्पिओले उत्तर कोरियालाई परमाणु हतियारको कार्यक्रम छाड्नका लागि ठोस कदम अघि बढाउनका लागि आग्रह गरेका छन् तर उत्तर कोरियाले भने सबैभन्दा पहिला अमेरिका यो सहमतिमा आउनुपर्ने बताएको छ । 

उत्तर कोरियाको सञ्चारमाध्यमका अनुसार जापानमा रहेको अमेरिकाको एकाइले उत्तर कोरियामा घुसपेठको लागि हवाई तालिम गरिरहेको छ । यसमा यसबाट अमेरिका उत्तर कोरियासँग युद्धको लागि तयारी गरिरहेको सिद्ध भएको बताइएको छ । 

उत्तर कोरियन अखबारमा अमेरिकाको दोहोरो चाललाई उत्तर कोरियाले गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ । यद्यपि दक्षिण कोरियामा रहेको अमेरिकी दूतावासले भने यो तालिमको विषयलाई लिएर कुनै पनि जानकारी आफूलाई नभएको बताएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियन प्रायद्वीपमा निशस्त्रीकरणको प्रगति आशा गरिएअनुसारको रहन नसकेको भन्दै विदेशमन्त्रीलाई आफ्नो भ्रमण रद्द गर्नका लागि निर्देशन दिएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ