arrow

अमेरिकाले गर्दैछ सिरियामा आक्रमणको तयारी : रुस

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
russia6.jpg

काठमाडौं । रुसको रक्षा मन्त्रालयले अमेरिका आफ्ना सहयोगी मुलुकहरुको सहयोगमा सिरियामा नयाँ मिसाइल आक्रमणको तयारीमा अघि बढिरहेको आरोप लगाएको छ ।
 
समाचार एजेन्सी सिन्ह्वाको विवरणअनुसार मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेनकोवले विभिन्न स्रोतहरुको आधारमा यो समाचारको पुष्टि गरेका हुन् । 

मन्त्रालयका प्रवक्राले विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै सिरियाको इदलिब प्रान्तमा सिरियाली सरकारद्वारा योजनाबद्ध तरिकाले भएको आक्रमणमा मयात अल शाम आतंकवादी संगठनलाई बेलायतको सहयोग मिलेको बताएका छन् । 

कोनाशेनकोवले रसायनिक आक्रमणको लागि आठ ट्यांक क्लोरिन र एक आतंकवादी समुह  आक्रमणमा लागि ल्याइएको बताए । 

उनका अनुसार उक्त आतंकवादी समुहलाई बेलायतको निजी सैन्य कम्पनीको रेखदेखमा विषालु पदार्थको व्यवस्थापनका लागि प्रशिक्षण दिइएको थियो ।

सिरिया युद्धको विषयमा रुसको भूमिकाको विषयमा विभिन्न किसिमको प्रश्न उठ्दै आएको छ । साथै सिरियाको सरकारले रसायनिक आक्रमण गरेको भन्दै त्यसको छानबिन हुनुपर्ने आवाज उठिरहेको अवस्थामा रुसले यस्तो बताएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ