arrow

सवारी दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
Jhapa-hamrakura.jpg.jpeg

भद्रपुर। पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिएको थियो। दुर्घटनामा परी जिपमा सवार घाइते भएका पाँचै जनालाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारकै क्रममा कार्कीको मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ