arrow

भारतले सिन्धु सम्झौता उलंघन गरेको पाकिस्तानको आरोप, आगामी साता वार्ता हुने

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
sindhu_samjhauta.png

काठमाडौं । इमरान खानको पाकिस्तानको नयाँ सरकारसँग भारतको पहिलो आधिकारिक भेट हुने भएको छ । आगामी साता पाकिस्तानको राजधानी सहर इस्लामावादमा यो भेट हुन लागेको हो । 

स्थायी सिन्धु आयोग (पीआईसी) अन्तर्गत दुवै मुलुकका अधिकारीहरुको बीचमा सिन्धु जलको मामिलामा चर्चा हुन लागेको हो । भारतले यो सिन्धु सम्झौतालाई निकै महत्वपूर्ण बताउँदै आएको छ । पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको रुपमा इमरान खान आएसँगै यो वार्ता हुन लागेको हो । 

भारतको टोलीको नेतृत्व पीके सेक्सेनाले गर्नेछन् भने सैयद मेहर अलीलाई पाकिस्तानले आफ्नो टोली प्रमुख चयन गरेको छ । इमरान खानले आफ्नो नेतृत्वमा भारतसँगको वार्ता तथा छलफल जारी राख्ने बताइसकेका छन् । 

अहिलेसम्म दुवै देशका अधिकारीहरुले वार्तालाई अस्वीकार गरेका छैनन् । आगामी महिना भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीको बीचमा भेटवार्ता हुनसक्ने बताइएको छ । 

भारत र पाकिस्तानको बीचमा केही महत्वपूर्ण विषयहरुमा विवाद कायम रहेको छ । जम्मु काश्मिरमा किशनगंगा र रातले दुई परियोजनाको भारतको डिजाइनमा प्रश्नचिन्ह उठाउँदै विश्वबैंकमा उजुरी गरेको थियो । यो योजनामा दुई नदीको पानीमा विवाद देखिएको हो । सम्झौताअनुसार पाकिस्तानलाई यो नदीको पानीका लागि कुनै पनि रोकावट नहुने उल्लेख गरिएको छ । भारतले यसमा निष्पक्ष निरीक्षणको माग गरिरहेको छ । 

पीआईसीको बैठक प्रत्येक वर्ष हुने गरेको छ । यसमा दुवै देशका अधिकारीहरु सामेल छन् । यो बैठक सन् १९६० को सिन्धु जल सम्झौताको एक हिस्सा हो । सम्झौतामा सिन्धुसहितका सतलुज, व्यास, राबी, झेलम र चेनाब नदीको विषयमा कुरा गरिएको छ । जसमा भारतले सिन्धु, झेलम र चेनाब नदीको पानी पाकिस्तानलाई दिनुपर्ने हुन्छ । 

एकवर्षमा दुई पटक हुने यो बैठक यसअघि गत मार्च महिनामा भारतको राजधानी सहर नयाँ दिल्लीमा भएको थियो । यो बैठकमा भारतले उक्त नदीहरुमा निर्माण गरिरहेको जलविद्युत्को योजना सम्झौता विपरीत रहेको बताएको थियो । भारत र पाकिस्तानको बीचमा बेलाबेलामा उत्पन्न भइरहने तनावको अवस्थामा यो सम्झौतामा पनि विभिन्न किसिमको आशंकाहरु हुने गरेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ