arrow

भक्तपुरमा गाईजात्रा पर्व घिन्ताङघिसी नाचसंगै सुरु : नौ को बिशेष महत्व

भक्तपुर नगरपालिकाको सञ्चार सुविधाका तार काटिए

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
ghintang-nach.JPG

भक्तपुरमा गाईजात्रा पर्व तलेजुको पूजा गरी सुरु भएको छ । हिजो जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी गाइजात्राका दिन घिन्ताङघिसी नाच सुरु भएको छ  ।

कतिपयले बैण्ड बाजा, बाँसुरी बाजा, घिन्ताङघिसी नाच, बाँसमा कपडाले बेरेर बनाइएको तामचा, माटो र पित्तलको गाई देखाई बजार परिक्रमा गरी सेलाउने परम्परा रहेको छ ।

आर्थिक अवस्था कमजोर भएकाले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा छ ।

गाइजात्राका दिन विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछे“, भोलाछे“, इताछे“, महालक्ष्मी, नागपोखरी, काठण्डौ, नवदुर्गा स्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, खौमाको परिक्रमा गराइन्छ ।

भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको मृत्यु भएमा साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ ।

यसैगरी  उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।
 
गाइजात्रामा नौ को बिशेष महत्व
गाइजात्रामा नौ को बिशेष महत्व हुने गरेको छ । गाइजात्राका दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी डा चुन्दा बर्जाचार्यले बताए । केही दशकअघिसम्म पनि नेवार समुदायले यो परम्परालाई कायम राखेपनि अहिले नया पुस्ताले खासै मान्यता दिएको पाइदैन ।

गाइजात्राको दिन पाप गरे मृत्युपश्चात पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा कसैले पापकर्म गर्न नहुने भनाई रहेको छ । केही वर्ष अघिसम्म महिलाले नाच्न नहुने परम्परा रहे पनि अहिले भने व्यापक रूपमा महिलाहरूले घिन्ताङघिसी नाच नाच्नेगरेका छन् ।

गाइजात्रामा घिन्ताङघिसी नाचसंगै बिभिन्न नाच सुरु

भक्तपुरमा गाईजात्राको आकर्षणको रुपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच र माक प्याखं अर्थात् बाँदर नाच, लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच प्रदर्शन सुरु हुन्छ ।

जात्रा समापनका क्रममा  घिनताङ, घिसी नाच, हनुमान नाच, माकप्याख नाच, लगायत प्रदर्शन गरि टोल टोल घुमाइन्छ भने भैरब मन्दिरहरुमा नेवारी धोती र हाकुपटासी लगाएका सयौ महिलाले टोलटोल घुमेर बत्ति बाल्ने चलन छ ।

महिला हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी पुगेर सम्पन्न हुनेछ ।

आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ ।

भक्तपुर नगरपालिकाको सञ्चार सुविधाका तार काटिए
गाईजात्रा पर्वका लागि भन्दै भक्तपुर नगरपालिकाको नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटिएका छन । गाईजात्रामा बोकिने ताहमचा तारमा अल्झेर समस्या भएको भन्दै वडाध्यक्षहरुले गरेको आग्रह अनुसार तार काटिएको हो ।

गाइजात्रा परिक्रमा गर्ने रुटमा मात्रै लाइनहरु कााटिएका छन्। गाईजात्रा सकिएपछि काटिएका लाइन पुनः जडान गरिने छ। यसअघिका गाईजात्रा, बिस्केटलगायतका कुनै जात्रामा सञ्चार सुविधाका तार काट्ने गरिएको थिएन ।

तार काटिएपछि टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा अवरुद्व भएको भन्दै स्थानीयबासिन्दाले काटिएको तार तत्काल जोड्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ