arrow

हत्या, हिंसाले समाजै त्रसित : अभिभावक भन्छन्–बच्चाहरु घर नआउँदासम्म जीउ ज्यान आधा हुन्छ’ 

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ भदौ ११ सोमबार
hatya.JPG

काठमाडौं । देशभर आपराधिक कृयाकलाप बढ्दै गएपछि समाज नै त्रसित भएको छ । नेपालको संविधानले शान्ति सुव्यवस्था, सामाजिक सुरक्षा र सामाजिक न्यायको कुरा गरेको छ । संविधान कार्यान्वयन चरणमा समेत गईसकेको छ । तर, अपराध र अपराधिक क्रियाकलाप घट्दै जानुको साटो बढेका छन् ।

दिनकै जबरजस्ती करणी, हत्या, यातना जस्ता बर्बरतापूर्ण अपराधहरु भईरहेका छन् । यसले सिंगो नेपाली समाजलाई नै तरंगित बनाएको छ । मूख्य गरेर संविधानले सामाजिक सुरक्षा गर्ने भनेर मौलिक हकमै राखेका व्यक्ति तथा वर्ग जोखिम क्षेत्रमा छन् । देशभर अपराधिक गतिविधि बढेकामा सरोकारवालाहरु चिन्तित छन् । बालबालिका पछिल्लो समय बढी सिंसाको सिकार भएका छन् । जसले अभिभावकमा सामाजिक एवं मनोवैज्ञानिक त्रास बढेको छ । उनीहरु बालबालिका र उनीहरुको भविष्यलाई लिएर हैरान भएका छन् । 

काठमाडौंमा घर भएका दिव्य रेग्मी भन्छन्, ‘घटनाक्रम सुनेपछि मानिसम नैतिकता नै रहेन भन्ने लाग्छ ।’ उनी मानव स्वास्थ्यबारे जान्ने विशेषज्ञ होईनन् । तर, भन्छन्, ‘बजारमा पाईने रसायन मिसिएका खानेकुराका कारण मान्छेमा धेरै प्रकारका समस्या हुने गरेका छन् । अहिले समाजमा घटिरहेका घटनाक्रमका पछाडी खानपान पनि कारण हुन सक्छ । किन भने खानाका कारण पनि मान्छेमा अस्वभाविक गुणहरु देखिन्छन् ।’

ईन्टरनेटको दुरुपयोग, टेलिभिजनमा आउने सामाग्रीप्रतिको बुझाई र मोबाईल लगायत सञ्चारका साधनहरुको दुरुपयोग पनि सामाजिक विकृति र हिंसाको कारण बनेका छन् । घटना कसका कारणले घट्छन् भन्ने विषय ? यसै भन्न सकिँदैन भन्छन्, उनी । अहिलेका घटनाक्रम हेर्दा यो बहुआयामिक छ, भनाईको अर्थ यसमा धेरै कारणहरु जोडिन्छन् । उनी अगाडि भन्छन्, ‘नाबालक र नाबालिकामाथि घटिरहेका घटना हेर्दा परिवार र समाजको कमजोरी देखिन्छ । जस्तो कि हामी प्राय आफ्नै काममा व्यस्त हुन्छौ ।  

बालकालिका कस्तो अवस्थामा छन् र उनीहरुले गरेका गुनासाहरु कसरी सम्बोधन गर्ने भन्ने विषय परिवारमा छलफलको विषय ठान्दैनौँ । उनीहरुको दिमागमा नकारात्मक कुरा खेल्दै छ भने मनोविज्ञान बुझेर हामी त्यसलाई प्रस्ट पार्न सकिरहेका छैनौँ । घर परिवारको बेवास्ताले बालकालिकामा एक्लोपन बढ्दै गएको देखिन्छ ।

त्यसको अर्थ उनीहरु जोखिममा छन् भन्ने हो ।’ अपराधिक पृष्ठभूमिका मान्छेले पनि अफ्ठयारामा परेकाहरु वा कमजोरलाई लक्षित गरिरहेका छन् । उनले अगाडि भने, ‘केही कुरा हाम्रो सामाजिक संकुचनले पनि विगारिरहेको छ । जहाँनेर खुलापनको आवश्यकता छ । त्यो खुलापनका नाउँमा फाईदा उठाउनेप्रति भने सचेत हुन जरुरी छ । शिक्षा र शिक्षण पद्दतीमा पनि निकै धेरै समस्याहरु छन् । त्यो व्यवस्थापन राज्यले गर्नु पर्ने हो । समस्या एक ठाउँमा होईन धेरै ठाउँमा छन् ।’

यस्तै, काठमाडौंमै बस्ने सन्तोसी संगम अहिले भईरहेका घटनाले निकै त्रसित भएको बताउँछिन् । उनले भनिन्, ‘हत्या भन्ने वित्तिकै डर लाग्छ । छोरा छोरी बाहिर रहँदा घर नफर्किएसम्म यो जीउ ज्यान आधा हुन्छ ।’ आफू काममा भएको बेला मन छोरा छोरी माथि नै हुन्छ । 

यी घटनाक्रम बढ्नुमा उनी राज्यको कानुन र कार्यान्वयन नै दोषी हो भन्छिन् । उनले अगाडि भनिन्, ‘पहुँच भएकाहरु घुस र पावरले सजिलै उम्किन्छन् । उनै बाहिर आएर फेरि घटना घटाउँछन् ।’ उनले बर्बरतापूर्वक घटना घटाउनेहरुलाई आजीवन काराबासको सजाय हुनु पर्ने बताईन् । 

अपराधका घटना रोक्न कानूनको कडाईका साथ पालना हुनु पर्ने उनको भनाई छ । परिवारको भूमिका के हो ? जवाफमा उनले भनिन्, ‘अफ्नो बच्चालाई राम्रो संस्कार सिकाउनु पर्छ । साथी संगतबारे राम्ररी बुझ्नु पर्दछ । छोरीलाई घरबाहिर धेरै समय विताउन हुँदैन र छोरालाई सबै छोरीहरुको सम्मान गर्नु पर्दछ भन्ने संस्कार सानैमा सिकाउनु पर्दछ ।’

सन्तोसी जस्तै, अन्य स्थानीयले भने परिवारकै कारण अपराधिक घटना बढेको बताएका छन् । एक स्थानीय भन्छिन्, ‘परिवारको कमि कमजोरीले पनि हुन्छ । आफ्नो सन्तानबारे बाबु आमा पूर्ण जानकार हुनुपर्छ । सानामा गरेका गल्तीबारे प्रष्ट्याउँदै जानुपर्छ । ढाकछोप गर्नु हुँदैन । परिवारमा फ्रेन्ड्ली वातापरण हुनुपर्छ ।’

हामी आफू कति जिम्मेवार छौँ भन्ने कुराले अर्थ राख्छ, उनले भने, ‘हामी गुट्खा नखाँदासम्म खल्तीमा राख्छौँ । मुखमा हाल्ने वित्तिकै प्याकेट सडकमा मिल्काएर हिड्छौँ । त्यो स्थानीय सरकारले उठाईहाल्छ नि ! भन्ने मानसिकता हामीभित्र कायमै छ । त्यही असभ्यताले पछिल्लो पीडिलाई हामी सम्झाउन सकिरहेका छैनौँ ।’ घटना घटेपछि सम्बन्धित निकायले निष्पक्ष छानविन गरी अपराधिलाई कठोर सजाय दिनु पर्दछ । सामाजिक सुरक्षाको प्रत्याभूत नागरिकले गर्न पाउनु पर्छ, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ