arrow

राधाकृष्ण रथयात्राको दिन भदौ १८ गते प्रदेश १मा सार्वजनिक बिदा

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
shree-krishna.jpeg

विराटनगर। श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । 

रथ यात्रा भव्यतापूर्ण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट यही भदौ १८ गते निकालिने रथयात्राले शहरको विभिन्न भाग हुँदैे सात किलोमिटर परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर रथयात्रा विसर्जन हुनेछ । 

रथयात्रा सञ्चालनका लागि मुख्य मार्गको ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार भदौ १८ गते निकालिने रथयात्रामा रथ प्यागोडा शैलीको बनाइएको छ । रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दायाँबायाँ पट्टि फैलिएका लठ्ठा डोरीको माध्यमबाट रथ तानिने व्यवस्था रहेको छ । 

त्यसैगरी रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइनेछ । रथयात्राको अवलोकन गर्न नेपाल र भारतकाका लाखौँ भक्तजन विराटनगर आउने गर्दछन् । प्रदेश सरकार निर्माणसँगैे रथ यात्राको उद्घाटन प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेश नं १ सरकारले रथयात्राका दिन प्रदेश १ मा सार्वजनिक बिदाको घोषणा गरेको छ । 

यसैबीच स्व पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित पोखरमल धर्मसंस्कृति पुरस्कार यो वर्ष विराटनगर–३ स्थित परोपकार अभियान समूहलाई प्रदान गरिने भएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको मातहतमा रहेको पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यो पुरस्कार प्रत्येक वर्ष रथयात्रा निकाल्नुभन्दा अघि विशेष धार्मिक कार्यक्रमको आयोजना गरी वितरण गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ