बिमस्टेकको स्वागत ब्यानरमै सरकारद्वारा ‘अशुद्ध’ शब्दको प्रयोग
प्रकाशित २०७५ भदौ १२ मंगलबार
578
Shares
काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन बिहिबार र शुक्रबार काठमाडौंमा सुरु हुँदैछ।
मंगलबार सचिवस्तरीय सम्मेलन हुँदैछ। काठमाडौंको तामझाम बढी छ । स्वागतद्वार पनि बनाइएका छन् । तर स्वागतद्वारमा ब्यानरमै अशुद्ध शब्दको प्रयोग गरेर अंग्रेजीमा लेखिएको छ ।
HEARTY WELCOME TO ESTEEMED LEADERS OF THE BIMSTEC MEMBERS STATES ! भनिएको छ । जुन गलत हो । हुनुपर्ने HEARTY WELCOME TO THE ESTEEMED LEADERS OF THE BIMSTEC MEMBER STATES ! थियो ।
व्यक्तिगत रुपले बोलीचालीको भाषामा गल्ती भए पनि औपचारिक रुपले लेखिएको भाषालाई क्षम्य मान्न नसकिने भन्दै सामाजिक सञ्जालहरुमा यसको चर्को आलोचना भइरहेको छ ।
सरकारले गरेको यो गल्तीको आलोचनामात्र भएको छैन सरकारका मन्त्रीहरुको शिक्षाको विषय फेरि पनि सामाजिक सञ्जालमा उठेको छ ।