arrow

रुस, इरान र टर्कीबीच सिरियन युद्धबारे छलफल हुने

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
iran-russia-turkey.png

काठमाडौं । रुस, इरान र टर्कीबीच आगामी साता सिरियामा जारी रहेको द्वन्द्व कसरी समाप्त गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । टर्कीको स्थानीय सञ्चारमाध्यमहरुले सोमबार दिएको जानकारीअनुसार सिरियन युद्ध समाप्त गर्ने दिशामा तीन मुलुकहरु एक भएर अघि बढ्ने तयारीमा रहेका हुन् । 

टर्कीका राष्ट्रपति रिसेप टेइप इर्डोगनले यो सम्मेलनका लागि इरानको भ्रमण गर्नेछन् । सेप्टेम्बर ७ मा उनीहरुको बीचमा भेटको कार्यक्रम तय भएको हो । उत्तरी इरानको टाब्रिज सहरमा यो सम्मेलन हुन गइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।
 
यस विषयमा टर्कीको राष्ट्रपति कार्यालयले भने कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले यो कार्यक्रमको तयारी भइरहेको बताए तर स्थान र मितिको विषयमा भने कुनै जानकारी दिएनन् । उनले यो कार्यक्रम राजधानी सहर तेहरानमा पनि हुनसक्ने सम्भावना रहेको बताए । 

यसअघि पनि तीन देशका नेताहरुको बीचमा भेट भइसकेको छ । इरान र रुस सिरियाका राष्ट्रपति बसर अल असदको सरकारका सहयोगी मुलुकह हुन् । टर्कीले भने विद्रोहीलाई समर्थन गरिरहेको छ । सन् २०१६ को अन्तिमबाट भने टर्की पनि सिरियामा शान्ति स्थापनाको लागि इरान र रुससँग नजिकिएको छ । 

आगामी बैठकको मूल एजेन्डा उत्तरपश्चिमी सिरियन क्षेत्र इडिल्ब रहनसक्ने बताइएको छ । यो क्षेत्रमा पुनः कब्जा गर्ने दाउमा असदको सरकार रहँदा टर्की भने यो प्रस्तावको विपक्षमा उभिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ