arrow

१२ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय बाबु पक्राउ

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
Child-rape.jpg.jpeg

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा बाबुले आफ्नै १२ बर्षकी छोरीलाई बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीको आधारमा बलात्कारको अभियोगमा ५३ वर्षका ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको म्याग्दीका प्रहरी नायब उपरीक्षक बिरबहादुर बुढाले जानकारी दिए ।

 आमा कपडा धुनका लागि खोलामा गएको अवस्थामा घरमा रहेकी १२ वर्षीया छोरीलाई निजले बलात्कार गरेको जाहेरीमा गरिएको छ ।

शनिबार भएको घटनाको विषयमा आईतबार ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बि.क थरका ती व्यक्तिलाई पक्राउ गरी बेनी ल्याएपछि सोमबार अदालतबाट म्याद थप गरिएको प्रनाउ बुढाले जानकारी दिए ।

 प्रनाउ बुढाका अनुसार पीडित नाबालिकाको पहिचान खुल्ने, पीडितलाई थप पीडा पुग्ने र अनुसन्धान प्रभावित हुने भएकाले पीडक र पीडित दुवैको नाम गोप्य राखिएको छ । बालिका र उनकी आमाले निजले यसअघि पनि दुई पटकसम्म यस्तो व्यवहार गरेको गुनासो गरेका वडा अध्यक्ष पिपला बुढाथोकीले बताइन् ।

अहिले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले जानकारी दिइन् । स्वास्थ्य परिक्षण प्रतिवेदन र थप प्रमाण जुटाएर नाबालिकालाई हाडनाता करणी गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ