arrow

वामदेवलाई जिताउन यस्तो चलखेल, माहोल बुझ्न डोल्पा पुगे राज्यमन्त्री

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
bamdev_g.JPG

काठमाडौं । डोल्पामा हुन लागेको उप–निर्वाचनमा नेकपाका नेता वामदेव गौतमलाई जिताउने चलखेल सुरु भएको छ । संघीय सरकारका पर्यटन राज्यमन्त्री धन बहादुर बुढालाई राजीनामा दिन लगाएर उनको स्थानमा वामदेव गौतमलाई ल्याउने तयारी भइरहेको हो ।
 
यसैक्रममा डोल्पामा हुनलागेको उप–निर्वाचनको माहोल बुझ्न संघीय सरकारका पर्यटन राज्यमन्त्री धन बहादुर बुढा डोल्पा पुगेका छन् । डोल्पामा विकासका कामहरु गर्न नसकेको र विकासलाई गतिशिल बनाउन आफूले राजिनामा दिएर नेकपाका नेता वामदेव गौतमलाई जिताउने उनले बताए ।

तत्कालीन माओवादी र एमाले पार्टीको एकीकरण पछि बनाईएको नेकपालाई थप मजबुद बनाउन नेता गौतमलाई जिताउनु पर्ने राष्ट्रिय अवाश्यक्ता रहेको राज्यमन्त्री बुढाले बताएका छन् । उनले जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेरमात्रै राजिनामा दिने कार्यक्रम रहेको बताएका छन् ।

“राजिनामा कहिले दिने भन्ने कुरा थाहा छैन, जनताको प्रतिक्रिया पछि मात्र निर्णय हुनेछ ।” राज्यमन्त्री बुढाले भने ।मंगलबार तल्लो डोल्पाका मुड्केचुला गाँउपालिका, जगदुल्ला गाँउपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका जनतासहित त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा छलफल गर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै बुधबार उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्ध, से फोक्सुन्डो, काईके गाउँपालिका र ठुली भेरी नगरपालिकाका जनताहरुसँग सदरमुकाम दुनैमा छलफल गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ