arrow

उत्तर कोरिया अझै पनि खतरा : जापान

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
north-korean-video.jpeg.jpeg

टोकियो । उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।

जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको बढ्दो सैन्य सङ्ख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयवस्तु बनाइएको छ ।

यसअघि गतवर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको आणविक कार्यक्रम उत्कर्षमा पुगेको समयमा गरिएको थियो । त्यसपछिको वार्षिक सुरक्षा बैठक मङ्गलबार शुरु भएको हो ।

तर गत वर्षको यस्तो बैठकका समयमा पनि उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रुपमा लिइएको थियो । त्यसपछि उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुन महिनामा सिंगापुरमा भेट भएपछि उत्तर कोरियाले आणविक उत्पादनको काम नगर्ने बताएको थियो ।

त्यसपछि उत्तर कोरिया अब आणविक खतरा नरहेको अमेरिकाले बताएको थियो । तर पनि जापानले भने त्यसप्रति ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरेको हो ।

उत्तर कोरियाको आणविक कार्यक्रम र उसको क्षेप्यास्त्र कार्यक्रमहरुका बारेमा जापानले विगतदेखि उत्तर कोरियालाई जुन मान्यतामा राखेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नआएको जानकारी जापानमा मङ्गलबार शुरु भएको सो सुरक्षा बैठकमा बताइएको छ ।

जापानले उत्तर कोरियाले गरेको प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम स्थगित गरेको भन्ने बारेमा अझै पनि ढुक्क हुनसक्ने अवस्था नआएको सो बैठकमा बताएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ