विम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ : प्रधानमन्त्री ओली
प्रकाशित २०७५ भदौ १२ मंगलबार
604
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण अन्त्य गरी दीगो विकासको लक्ष्य प्राप्त गर्न, जलबायु परिवर्तनबाट उत्पन्न चूनौतिको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न विम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएका छन् ।
काठमाडौमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज सदनलाई जानकारी दिदै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने –विस्टेकलाई प्रभावकारीबनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई समामना गर्न, दीगो विकास लक्ष्यलाई प्रभावकारी तुल्याउन, सदस्य राष्ट्रका जनता– जनताबीच आवत जावतको सहजका लागि सम्पर्क सञ्जाल विस्तार गर्न तथा साझेदारी र सहयोग बढाउन सम्मेलन शिखर सम्मेलन निकै उपयोगी हुने छ ।
नेपाल, भारत, वंगलादेश, श्रीलंका, म्यान्मा, भूटान र थाइलैण्ड राष्ट्र सम्मिलित विम्स्टेको अध्यक्ष राष्ट्रको रुपमा अहिले रहेको छ । यस पटकको शीखर सम्मेनको नारा शान्त, समृद्धि र दीगो वंगालको खाडी भन्ने रहेको छ ।
संविधान कार्यान्वयन र तीन तहको निर्वाचनपछि नयाँ सरकारले आयोगना पहिलो ठूलो कार्यक्रमका रुपमा बिम्स्टेक शिखर सम्मेलन रहेको बताउदै प्रधानमन्त्री ओलीले भने– यस क्षेत्रका जनताको आर्थिक समृद्धि, यातायात सञ्जाल विस्तार र बौद्ध परिपथ निर्माण र विस्तार गर्ने अपेक्षा गरिएको छ ।
बिम्स्टेकको नेपाल २०१४ देखि अध्यक्ष रहदै आएको छ । प्रत्येक दुई ÷दुइ बर्षमा हुनुपर्ने शिखर सम्मेलन २० बर्षको अवधिमा ४ पटक मात्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण, तीन तहको निर्वाचन गर्नु परेका केही ढिलाई भएपनि अहिले शिखर सम्मेललाई साकार पार्न नेपाल जुटिरहेको बताए ।
विभिन्न १४ वटा क्षेत्रहरु समेटिएका विमस्म्टे समूहको पहिलो पहिलो शीखर सम्मेलन स्न १९०७ मा थाइलैण्डमा भएको थियो ।
विमस्टेकलाई केवल संगठनको रुपमा मात्र नभई क्षेत्रीय विकास र सहयोगका लागि प्रभावकारी संगठनको रुपमा लैजानुपर्छ भनेर ढाका सम्मेलन पछि व्यपार, सम्पर्क सञ्जाल, जलबायु परिवर्तन, आतंकबाद नियन्त्रण र गरिवी निवारणका अतिरिक्त सामुद्रिक र हिमालयन अर्थतन्त्र सम्वन्धी विषयबस्तु समेटेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।
शीखर सम्मेलनका क्रममा काठमाडौमा रहदा सदस्य मुलुकका सरकारका राष्ट्रप्रमुख र सरकार प्रमुखबीच औपचारिक भेटघाट तथा दुई पक्षिय हितका विषय हुने छलफल र परामर्श कार्यक्रममा सहभागी हुनुहुने उनले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिखर सम्मेलन सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखको भेटघाटको कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रको हैसियतले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको पनि शिखर सम्मेलन होस् भने चाहिरकेको बताए ।