द्वन्द्वका बेला ‘गोरखा जेल ब्रेक’ गर्ने भुजेल पक्राउ, विप्लवसँग दुष्मनी बढाउँदै वादल
प्रकाशित २०७५ भदौ १२ मंगलबार
238
Shares
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का एक पछि अर्को नेता पक्राउ गरिरहेकाे छ । यसअघि केन्द्रीय नेतालाई पक्राउ गरेकोमा अहिले केन्द्रीय नेतृ पनि पक्राउ गरेकाे छ । केही दिन पहिले केन्द्री प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परे । अहिले केन्द्रीय पोलिट व्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।
यसलाई बर्तमान सरकार तथा गृहमन्त्रीले विप्लव माओवादीसँग दुष्मनी बढाएको रुपमा हेरिएको छ । कारण, केही दिन पहिले मात्रै सरकारले संक्रमकालीन समयका बेला वार्ता गर्न छुटपुट समूहसँग वार्ता गर्न भन्दै समिति गठन गरेको छ । त्यो समिति गठन भएपछि वार्ताका लागि आह्वान गर्नु पर्नेमा उल्टै चन्द समूहका केन्द्रीय नेताहरुलाई पक्राउ गरेर सरकारको द्वैद्व चरित्र देखाएको टिप्पणी भएको छ ।
गएको वैशाख १ गते काभ्रको नमोबुद्ध नगरपालिका –६ को एक पसलमा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । आगलागीबाट भएको पसलमा १० करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरिएको छ ।
प्रहरीले आगो लगाउनेको खोजी गर्न थालेपछि भागेर हिँडिरहेकी उमा भुजेल पक्राउ परेकी र उनलाई टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा राखिएको बताइएको छ । आगजनीकै मुद्दामा संलग्न भनिएका केही अझै फरार छन्। १० वर्षीय सशस्त्र संघर्षका बेला गोरखा जेल ब्रेक गरेर भुजेल चर्चामा आएकी थिईन् । उनलाई प्रहरीले आगजनी मुद्दामा कारबाही अघि बढाउने भएको छ ।